जीवित श्रीमानको मृत्यु दर्ता गर्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर !

काठमाडौँ – जीवित श्रीमानको मृत्यु भएको भनी मृत्यु दर्ता गर्ने र गराउने दुवै दोषी ठहर भएको छ ।

मंगलबार विशेष अदालतले जीवित श्रीमानको मृत्यु भएको भनी प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

रामेछापको मन्थली ३ का तत्कालीन वडाध्यक्ष शिवकुमार महतोलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार न्यायाधीशहरु टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडाध्यक्ष महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको हो ।

अदालतले वडासचिव महतो र भत्ता लिने निर्मला खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...