बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव हुदै, राष्ट्रपतिले उद्धघाटन गर्ने !

काभ्रे – काभ्रे जिल्लाको बनेपामा बृहत् काभेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ ।

यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म कृषि महोत्सव २०८० राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने तय भएको छ ।

महोत्सव उद्धघाटन फाल्गुन ४ गते १ बजे राष्ट्रपति पौडेलले बनेपास्थित लायकू मञ्चमा गर्ने तय भएको मूल आयोजक समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको संयोजनमा हुने महोत्सवमा बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागिता रहने छ ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ गर्न लागिएको मुल समारोह समितिका संयोजक गौतमले मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा कृषिका नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि स्टलहरु, रैथाने परिकार, हस्तकला एवं होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु रहने छन् ।

जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सममान गर्ने योजना रहेको समेत कार्यक्रममा बताईएको थियो ।

महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको र महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । कार्यक्रममा महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप समितिहरु गठन गरिएका छन् ।

फागुन ४ गते देखि ७ गते सम्म चल्ने महोत्सवमा करबी एकलाखले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी रहेको छ । महोत्सव अवधिभर महोत्सवमा जान निःशुल्क प्रवेश रहने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...