खानीखोलामा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न !

काभ्रे – जिल्लाको विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको ताल्ढुंगामा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ खानीखोला गाउँ समितिद्धारा आयोजित २८६० औं डुग ल्हो सोनाम ल्होछार भव्य रूपमा सम्पन्न गर्न खानीखोला गाउँ पालिकाको आर्थिक सहयोग रहेको थियो ।

ख्यातिप्राप्त कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई निकै रोमाञ्चक र मनोरञ्जनात्मक बनाएको थियो । ख्यातिप्राप्त कलाकारहरुको टोलीको बेजोट प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिनुको साथै छमछमी नचाएको छ ।

कार्यक्रममा उपस्थित जनाएकाहरुले तामाङ सँस्कार संस्कृति अनुसारका पहिरन लगाएका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दल र बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम भव्य रुपमा सम्पन्न गराउने क्रममा चर्चित कलाकार अमिर दोङ,सुष्मा दोङ,अविना गोले लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । यसअघि नै सोनाम ल्होछारको अवसरमा खानीखोला गाउँपालिकाले ३ दिन सार्वजानिक बिदा दिएको थियो ।

गत बर्ष खानीखोला सरकारले सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिनुका साथै तामाङको संस्कृति तथा जातिको उत्पति विषयक “ताम्बा तथा डाम्फु प्रतियोगिता”, “तामाङ भाषामा व्हाइख (कविता) प्रतियोगिता”, “खानीखोला प्रतिभा सम्मान” सहित बृहत ल्होछार साँस्कृतिक कार्यक्रम समेत आयोजना गरि भव्यताको साथ मनाएको थियो ।

खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा मन्तव्य राख्नु हुदै

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...