काभ्रे – नेपाली कांग्रेसका जिल्ला सभापति एवं वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले जिल्लाको विकट क्षेत्र डाँडापारीको खानिखोला गाउँपालिका जोड्ने पनौती-खोपासी-कामीडाडाँ- ताल्ढुङ्गा सडक निर्माणका लागि संघ-प्रदेशको समपुरक ९९ करोडको प्रस्ताव लगि वाग्मती प्रदेश सरकारको मन्त्री परिषदको बैठकबाट पारित गराएको छ ।
जो जितेर गए पनि उस्तै नै हो भन्ने जनताको मानसिकतालाई चिर्दै र राजनितिको परिभाषा नै परिवर्तन गर्न हिडेका मन्त्रि लामाले खानीखोलाबासीले विगत लामो समय देखि भोगिरहेको सडकको समस्य देखिरहन सकेनन । खानीखोलाको भविष्य जोडिएको उक्त सडकको निर्माणको लागि मन्त्रि लामाले वाग्मती प्रदेश सरकारको मन्त्री परिषदको बैठकबाट पारित गराउन सफल भएका हुन् ।
जनताले गरेकाे विश्वास र दिएकाे मतकाे भारी बाेकेर प्रदेश सभामा छिरेका मन्त्री लामाले आफूले जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको आफूले चुनावको समयमा गरेका प्रतिबद्धता नभुलेको बताए । उनले भने, ‘यो ठाउँको विकास गर्नु जनताको जिवनस्तर उकास्नु हाम्रो काम हो । नागरिकलाई दिएको वचन कहिल्यै पनि निराशामा परिणत हुन दिने छैन् ।’
बाग्मति प्रदेश सभा एवम मन्त्री तिर्थ लामाको अथक प्रयास र खोपासी कामिडाडा ताल्ढुङा सडक निर्माणका लागि यति धेरै बजेट पार्न सफल भएकोमा बासीहरुको विभिन्न सामाजिक सञ्जाल मार्फत धन्यवाद व्यक्त गरिरहेको छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फतै कल्पनै गर्न नसकिने बजेट छुटाएको र कार्यन्वयन आएपछि विकास र समृद्धीको सपना पुरा हुने अपेक्षा समेत राखेका छन् ।
आर्थिक बर्ष २०८०र८१ को लागि बजेटमा पनि काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना समावेश गराउन सफल भएका मन्त्रि लामाले प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तह मार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएका हुन् । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो ।