डिआइजी अर्जुन चन्दको राजीनामा हेडक्वार्टरले गर्‍यो फिर्ता, १० दिन बिदा स्वीकृत !

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ ।

मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रधान कार्यालयले उनको राजीनामा पत्र फिर्ता गरिदिएको स्रोतले जानकारी दिएको छ ।

डिआइजी चन्दले गत शुक्रबार राजीनामा दिएका थिए। उक्त राजीनामा पत्र सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग पुगेको थियो ।

सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राई लगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए । कुँवर र चन्द एउटै ब्याचका हुन् ।
छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए ।

दिएपछि डिआइजी चन्द बिदामा बसेका छन्। ‘उहाँ सात-आठ दिनका लागि बिदामा बस्नु भएको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘बिदा सकेपछि उहाँ जिम्मेवारीमा फर्कनुहुन्छ।’

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए । त्यसअघि पनि उनले डीआईजीहरुको सरुवामा प्रदेशको नेतृत्व खोजेका थिए । तर, पाएका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...