मनोरञ्जन कर तिर्न क्लब तथा डान्सबारलाई महानगरको पत्र, १५ दिनमा नतिरे कारबाही गरिने !

काठमाडौं – काठमाडौं महानगरपालिकाले एलओडि क्लबसहित विभिन्न ४५ वटा क्लब तथा बारहरुलाई मनोरञ्जन कर तिर्न १५ दिने म्यादसहित पत्र पठाएको छ ।

पछिल्लो पटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्राचार गरेको हो । राजस्व विभागका प्रमुख ध्रुबकुमार काफ्लेले १५ दिनको समय दिएर पत्र पठाएको जानकारी दिनुभयो ।

तोकिएको अवधिमा कर नतिरे काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐनको दफा–२१ अनुसार कारबाही हुने उहाँको भनाइ छ । ऐनमा आपत्कालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन् ।

मनोरञ्जनस्थलमा प्रवेश गर्ने प्रतिटिकट पाँच प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ ।

यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो । राजस्व अधिकृत सोना शर्माका अनुसार टिकट नलाग्ने ठाउँमा कसरी कर लिनेबारेमा प्रदेश सरकारसँग जानकारी लिने र त्यसैअनुसार अघि बढ्ने तयारी छ ।

कर तिर्न भन्दै पत्रचार गरिएका क्लब तथा डान्सबारहरुमा रिफ्रेस डान्सबार- जे. पी. रोड, नटराज डान्सवार- क्षेत्रपाटी, आर. के. डान्सवार- पकनाजोल, ड्रिङकहोस्टन डान्सबार- फायरचोक, टाकिला डान्सबार नरसिंचोक, नसा डान्सबार संचयकोष चोक , मिड नाईट डान्सबार संचयकोष चोक, चाहाना डान्सवार ज्याथा, क्विन महल डान्सबार नरसिंचोक, बज डान्सबार- नरसिंचोक , ड्रागन डान्सबार- अमृत मार्ग, ठमेल स्टार डान्सबार ठमेल, मुजुरा डान्सवार- ठमेल, रोज डान्सबार भगवती मार्ग, स्काई डान्सबार- भगवती मार्ग, होनि बि डान्स बार- फायरचोक, बियर बार डान्स बार ठमेल, बेबो डान्सबार- नरसिंचोक, अमिर डान्सबार- चाकस्सिवारी मार्ग, धाम छाया रोधि क्लब- नरसिँचोक, टप राजधानी दोहोरी- ठमेल, गुन्यू चोली दोहोरी- गलकोपाखा, डान्सिङ याकवार- ठमेल, अल्फाबिटा बार- गल्कोपाखा, डेला सोल बार- नरसिंचोक, नमस्ते पर बार- नरसिंचोक, साम्स बार, दुनिया बार, टिर्फिने बार, एचटुओ बार, द क्लब हाउस नरसिंचोक, ओमनिया कलव- संचयकोष चोक, भिआईपी क्लब- संचयकोष चोक, ओलो क्लब – नरसिंचोक श्री स्कुटी क्लब- नरसिंचोक, एलओडी क्लब- ठमेल, कारटार क्लब- फायरचोक, , एस क्लब- गाहिटि, कलाईमेट क्लब- ठमेल, पोतला क्लब ठमेल, टेन एक्स क्लब- ठमेल, लाखे क्लब, फूलमुन कलव, सफर क्लब र कराओके रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...