हर्क साम्पाङले गरे फिल्ममा डेब्यु, दर्शकले साम्पाङलाई यस्तो भुमिकामा देख्न पाईने !

काठमाडौं – धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । फिल्म ‘खजुरे ब्रो’ मा साम्पाङलाई फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको हो ।

शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्ममा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ । साम्पाङको चरित्रको छायाङ्कन सकिएको निर्माण युनिटले जानकारी दिएको छ ।

धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेटजति केमियो रोल सुटिङ भएको जानकारी दिए ।

‘फिल्ममा उहाँलाई मेयरकै भूमिकामा देख्न सकिन्छ । कथाले मागेअनुसार नै खिचिएको हो । झण्डै एक मिनेट जतिको दृश्य छ’ त्रिपाठीले भने, ‘अभिनयसँगै उहाँले फिल्मलाई आवश्यक सहयोग गरिने आश्वासन पनि दिनुभयो ।’

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक फिल्म हो । धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

फिल्ममा सुटिङपछि मेयर साम्पाङ उत्साहित देखिएको त्रिपाठीले जानकारी दिए । यो कमेडीलाई फिल्मलाई ‘षडङ्ग’ फेम्ड सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गर्दैछिन् । नीतिले छायांकन सेटबाट मेयर साम्पाङसँगका तस्वीर सेयर गरेकी छन् । फिल्म जेठ महिनामा प्रदर्शन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...