काठमाडौं – जनकपुरबाट भारतको अयोध्या जाने भनिएको रेल रद्द भएको छ । जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष रेल जाने तयारी भएकोमा सो रद्द भएको हो ।
जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरका अनुसार भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको हो ।
उनका अनुसार जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष रेल जाने तयारी भएको थियो । साथै भाडादर पनि तोकिएको थियो। तर, रेललाई अनुमति नदिएका कारण रेल अयोध्या जान नपाउने भएको हो ।
आज बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल जाने कार्यक्रम थियो । रेल जान नपाएपछि श्रद्धालुहरू निराश बनेका छन् ।