१५ लाख घुससहित वडाध्यक्ष पक्राउ !

काठमाडौँ – १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति मध्यपुर ठिमी  नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् ।

वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् ।

आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...