‘लिटिल बुद्ध’ बम्जनको अपिल – “मेरो रिहाइका लागि कुनै पनि आन्दोलन वा अराजकता नदेखाउनु”

काठमाडौं – केहि दिन अघि पक्राउ परेका ‘लिटिल बुद्ध’को रुपमा परिचित तपस्वी रामबहादुर बमजनले आफ्नो रिहाइका लागि कुनै पनि आन्दोलन वा अराजकता नदेखाउन अपिल गरेका छन् ।

प्रहरीले केहि दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका तपस्वी बमजनले आफ्नो रिहाइका लागि कुनै पनि आन्दोलन वा अराजकता नदेखाउन यस्तो अपिल गरेका हुन् । उनीमाथि हत्या र हिंसाको आरोप समेत लागेको प्रहरीको दावी छ । तर, प्रहरीले ठोस प्रमाण भने जुटाउन सकेको छैन ।

‘यो समय नकारात्मक चिजको वर्चस्व हुने समय हो, अहिले समय गलत छ, मेरो रिहाईको नाममा कुनै पनि अराजक गतिविधि वा हुलदंगा नहोस्’ तपस्वी बमजनको भनाई उदृत गर्दै पूर्वराज्यमन्त्री यशोदा लामाले सुनाइन् ।

तपस्वी बमजनले आफूमाथि लगाएको आरोप निराधार रहेको बयान समेत दिइसकेका छन् । ‘एउटा धर्ममा आस्था राखि ध्यान तपस्या गर्ने व्यक्तिले कहिल्यै पनि गलत कार्य गर्न सक्दैन । मेरो ध्यान तथा तपस्याबाट शान्ति हुनेदेखि अशान्ति फैल्याउन चाहने स्वार्थ समूहले म विरुद्ध गलत आरोप लगाएका हुन्’, बम्जनले बयानमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...