नेपाल हारे पनि कुशल भुर्तेलले सबैलाई पछि पारे, जिते महत्वपूर्ण अवार्ड !

काठमाडौँ – नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपाल ओमानसंग पराजित भएपनि भुर्तेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

कुशल भुर्तेलले प्रतियोगिताका पाँच खेलमा १ सय ८५ रन बनाए। कुशलले समूह चरणमा सिंगापुर विरुद्ध ४८ बलमा ७४ रन बनाएका थिए। त्यसपछि उनले मलेसिया विरुद्ध २५ बलमा ४३ रन बनाए ।

त्यस्तै समूह चरणको अन्तिम खेलमा भुर्तेलले ओमान विरुद्ध १८ बलमा २६ रन बनाएका थिए । सेमिफाइनलमा युएई विरुद्ध भने उनले ८ बलमा ११ रन मात्र बनाएका थिए ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा भुर्तेलले २२ बलमा ३१ रन बनाए । प्रतियोगिताभर कुल १ सय ८ रन बनाएसंगै उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...