काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडीलाई आईएमई पेले ब्राण्ड एम्बेस्डर बनाएको छ। एसियाली खेलकुदमा सहभागी भएर नेपाल फर्किए लगत्तै नेपालका दुई खेलाडीलाई आईएमई पेले ब्राण्ड एम्बेस्डर बनाएको हो।
आईएमई पेले ब्राण्ड एम्बेस्डर बनाएका खेलाडीहरुमा तीव्र गतिका बलर करण केसी र सोमपाल कामी रहेका छन्। बिहिबार एक कार्यक्रमका बीच आईएमई पे र खेलाडीहरु बीच सम्झौता भयो।
सम्झौता अनुसार दुवै खेलाडीले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भने उनीहरुले वार्षिक ५ लाखका दरले रकम पाउनेछन्। त्यस्तै आईएमई पेले नेपाल क्रिकेट संघ क्यानसंग पनि सम्झौता गरेको छ।
नेपाल क्रिकेट संघ क्यानको टिकटिङ पार्टनरका रुपमा आईएमई पेले दुई वर्षको लागि सम्झौता गरेको हो। सम्झौता अनुसार आईएमईपे ले क्यानलाई वार्षिक ७५ लाख रुपैंयाँ तिर्नेछ।



















