काठमाडौं महानगरको यस्तो निर्देशनले सर्वसाधरणमा खुशियाली !

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको निर्माण र मर्मत सम्भारका काम राति ८ बजेपछि मात्रै गर्न निर्देशन दिएको छ ।

महानगरले सोमबार सार्वजनिक सूचना जारी गर्दै सडकमा सवारी आवागमन सहज बनाउन सहरभित्रका सार्वजनिक तथा निजी पूर्वाधार निर्माण तथा मर्मत सम्भार गर्न र राति ८ बजेपछि मात्रै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । भवन निर्माणका क्रममा सडकमा धुलो र निर्माण सामग्रीका टुक्रा नपर्ने व्यवस्था मिलाउन महानगरपालिकाले आग्रह गरेको छ ।

सूचनामा उल्लेख भए बमोजिम कारबाही नगरे कानून बमोजिम जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...