बागमती प्रदेश सरकार विस्तार, काभ्रेबाट निर्वाचित तीर्थ लामा मन्त्रीमा नियुक्त !

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै काभ्रेबाट विजयी तीर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन् ।

आज नियुक्त भएका मन्त्रीहरुले आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीद्वयलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन् । राप्रपा र एमालेले छोडेका ७ मन्त्रालयमा आज २ मन्त्रालयको पदपूर्ति गरिएको र बाँकी ५ मन्त्रालयको पनि छिट्टै पदपूर्ति हुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी भएको हो।

मन्त्रालय विस्तारको विषय टुङ्गोमा नपुग्दा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्य ७ वटा मन्त्रालय समेत आफैंले सम्हाल्दै आइरहेका थिए। यो अवधिमा प्रदेश सरकारमा २ वटा समिकरण बनिसकेको छ।

पुस २५ गते तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा शालिकराम जम्कट्टेलले सरकार निर्माण गरेका थिए। राष्ट्रपति निर्वाचन सन्दर्भमा केन्द्रमा समिकरण बदलिएसँगै राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए। एमाले र राप्रपा बाहिरिएपछि प्रदेशमा रहेका ११ मन्त्रालयमध्ये ४ वटामा मात्रै मन्त्री रहेका थिए। फागुन १३ मा राप्रपाका मन्त्रीहरु र चैत १० मा एमालेका मन्त्रीहरूले राजीनामा दिएका थिए।

बागमतीमा कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । कांग्रेसले छ वटा मन्त्रालयमा दाबी गर्दा गठबन्धनका दलबीच भागबण्डा मिलाउन सकस भएको थियो ।

यस्तै एकीकृत समाजवादीबाट कसलाई अघि सार्ने भन्नेमा हालसम्म पनि अन्यौल छ । यद्यपी, नेकपा एसका एक सांसदका अनुसार यसबारेमा जानकारी नै नभएको बताएका छन् ।

जिल्ला सभापतिमा काभ्रेको शान दिनदुखीको भगवान भनेर चिनिने संविधानसभा सदस्य,पुर्व संसद तिर्थ लामाले मन्त्रि बन्द काभ्रेली जनतामा भने उमंग छाएको छ । आफुले जिताएर पठाएको संसाद मन्त्रि भएको सुन्दा आफु निकै खुशि भएको खानीखोला ४ का स्थानीय लामा प्रमुख सानु लामाले बताउनुभयो । अब उहाँले चुनावी कार्यक्रममा गरेका बचन समेत पुरा गर्नु हुनेमा समेत ढुक्क रहेको हामीलाई बताउनुभयो ।

लामा ७४ को निर्वाचनमा थोरै मतको अन्तरले बाम गठबन्धनसँग काभ्रे क्षेत्र नम्बर १ बाट पराजित भएका थिए,आफू पराजित भएर सरकारमा नभए पनि अवरात खटिएर जनताको घर दैलोमा पुगी गरिब जनताको सेवामा लागी पर्ने एक होनहार नेपाली काङ्ग्रेसका युवा नेता हुन।

चुनाबमा विजय भएपश्चात तिर्थ लामाको साथमा विद्यार्थी नेता प्रकाश वाईवा ।
चुनाबमा विजय भएपश्चात तिर्थ लामाको साथमा विद्यार्थी नेता प्रकाश वाईवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...