Advertisement

रञ्जु दर्शनाको घोषणापत्र आयो, सार्वजनिक हुनेबित्तिकै हिट खायो (पूर्णपाठसहित)

Advertisement

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं( ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छिन्। उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरेकी हुन्।

घोषणापत्रमा उनले बहुदलीय व्यवस्था, संसदीय प्रणाली, विकेन्द्रीकरण, अधिकार र कर्तव्यको उचित बाँडाफाँट सहितको संघीइता, प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रताप्रति आफ्नो विश्वास व्यक्त गरेकी छिन्। आफ्नो कल्पनाको समाजवाद भन्दै उनले उदार अर्थतन्त्र, नियमित बजार र सामाजिक सुरक्षालाई उल्लेख गरेकी छिन्।

घोषणापत्रमा दर्शनाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने, संसद्को बैठकमा शतप्रतिशत उपस्थित हुने, कोही कसैसँग नडराई महत्त्वपूर्ण विषयहरुमा निर्धक्क आफ्नो विचार र आफ्नो क्षेत्रका मतदाताहरुको अडान राख्ने व्यक्तिगत प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।

दर्जनाले विभिन्न ११ बुँदाहरुमा सम्पूर्ण नागरिकका लागि अजेन्डाहरु प्रस्तुत गरेकी छिन्। जहाँ मानसिक स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण र नेतृत्व, क्वेर अधिकार, स्टार्ट अप नीति, समावेशी संरचनाहरुको निर्माण, सार्वजनिक प्रशासन र सेवा, भ्रष्टाचार निर्मुल र सुशासन, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठन, बजेट विनियोजन र अन्य अजेन्डाहरु छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...