Advertisement

सबैलाई चकित पार्दै शेखर समुहको यस्तो तयारीले देउवा तनावमा !

Advertisement

काठमाडौं – नेपाली कांग्रेसका शेखर कोइराला समूह पार्टी सभापति शेरबहादुर देउवा समूहसंग बिद्रोह गर्ने तयारीमा जुटेको छ । शेखर समूहले देउवाले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाउंदै विद्रोह गर्ने तयारीमा छ ।

देउवाले पार्टीको विभिन्न संगठानमा पनि आफ्नो पक्षका नेताहरुलाई मात्र नियुक्त गरेपछि शेखर समूह असन्तुष्ट छ । त्यस्तै, मङ्सिर ४ गते हुने निर्वाचनको टिकटलाई लिएर पनि कांग्रेस भित्र विवाद उत्पन्न भएको छ।

समानुपातिकको बन्दसूचीमा शेखर समूहलाई जम्मा १० प्रतिशत दिएपछि शेखर समूह आक्रोशित भएका छन् । शेखर समूहले देउवासंग ४० प्रतिशत माग राख्दै आएको छ। तर देउवाले भने समानुपातिकमै १० प्रतिशतमा झारेपछि शेखर समूह विद्रोहमा उत्रिएका छन्।

स्रोतका अनुसार शेखर समूहले विभिन्न विकल्प रोजेका छन् । जसमध्ये एक देउवाले जति सीट दिन्छन् त्यो लिने हो। तर शेखर समूह भने सकेसम्म धेरै सीट लिन प्रयास गर्ने तर नदिएमा आत्मसमर्पण गर्ने तयारीमा छन् ।

त्यस्तै, सो समूहले टिकट फिर्ता गर्नेसमेत तयारीमा छन् । गठबन्धनका कारण सभापतिलाई आफ्नै टीम व्यवस्थापन गर्न गाह्रो भएकाले हामी रुखमा भोट हाल्ने तर, चुनाव लड्दैनौं भनेर वक्तव्य जारी गर्ने तयारीमा छन् ।

शेखर समूहका एक नेताका अनुसार महाधिवेशनमा आफ्नो समूहलाई सघाएका कार्यकर्ताको विद्रोहलाई साथ दिँदै देशव्यापी अलग उम्मेदवारी दिने र एमालेसँग सीटको तालमेल गर्ने समेत तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...