Advertisement

कुलमान घिसिङलाई राजनीतिमा पनि नायकको परिचय दिलाउँने प्रचण्डको तयारी !

Advertisement

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं क्षेत्र नम्बर २ बाट कुलमान घिसिङलाई चुनाव उठाउने तयारी गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका घिसिङ सो जिम्मेवारीबाट अलग भएर चुनावमा होमिन लागेको चर्चा छ । उनी सुरुदेखि नै प्रचण्डसँग निकट मानिन्छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौंमा माओवादीले चमत्कार गर्ने दाहालको अभिव्यक्ति थियो । काठमाडौंमा माओवादीको जनाधार कमजोर देखिएको बेला दाहालले लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई पार्टीको उम्मेदवार बनाएर नयाँ इतिहास कोर्न चाहेका छन् ।

कुलमान उठ्ने काठमाडौं २ मा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि उठ्ने चर्चा छ । कुलमान उठ्ने भएपछि रवि अहिले तनावमा रहेको बुझिएको छ ।

गठबन्धनले कमजोर उम्मेदवार उठाउने र एमालेको पनि हेभीवेट उम्मेदवार नउठ्ने सुईंको पाएपछि रविले सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । तर, अब कुलमानले सो क्षेत्रबाट उठ्ने तयारी गरेपछि रविको निन्द्रा हराम भएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा पहिलो र दोस्रो कार्याकालमा कुलमान घिसिङलाई प्रचण्ड कै पहलमा ल्याइएको थियो । जनता माझा ‘हिरो’ नायकको परिचय बनाएका कुलमान घिसिङलाई अब राजनीतिमा ल्याएर फेरि एक पटक प्रचण्डले उनलाई राजनीतिमा पनि नायकको परिचय दिलाउँन खोजेको विश्लेषकहरु बताउँने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...