Advertisement

उर्जामन्त्री बन्ने भन्दै राजनीतिमा कुलमान घिसिङको इन्ट्री, चुनाव लड्ने क्षेत्र नै तोकियो !

Advertisement

काठमाडौं – जनतामाझ लोकप्रिय छवि बनाएका कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा दिन लागेका छन् । उनले संघीय चुनाव लडनका लागि नेकपा माओवादी केन्द्रसँग अनौपचारिक छलफल समेत अघि बढाएको माओवादीका एक नेताले दावी गरेका छन् ।

उनका अनुसार चुनाव लडने विषयमा माआवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र घिसिङको विषयमा संवाद समेत भइसकेको छ । तर औपचारिक रुपमा घिसिङले चुनाव लडने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । घिसिङ रामेछाप वा काठमाडौं क्षेत्र नम्बर ३ मध्य एक ठाउँबाट चुनाव लडने तयारी भएको बताइएको छ ।

रामेछाप आफ्नो गृह जिल्ला भएको कारणले पनि काठमाडौं भन्दा रामेछाप नै रोज्ने सम्भावना रहेको बताइएको छ । सत्ता गठबन्धनबीच हालसम्म भएको सिट बाँडफाँडको मोडालिटी अनुसार विगतमा संघको निर्वाचनमा माओवादीले जितेकाले यस पटक पनि संघको टिकटमा दावी गर्दै आएका छन् ।

रामेछाप सुनापति गाउँपालिका–४ बेथान स्थित डहु निवासी घिसिङ रामेछाप पनि लोकप्रिय छवी बनाएका छन् । रामेछापबाट निर्वाचन लडेको अवस्थामा सहजै निर्वाचन जित्ने अंकगणितको विषयमा समेत गृहकार्य भएको स्रोतको दावी छ ।

शनिबार अर्थात् ११ भदौमा माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा प्रचण्डले भनेका थिए—हामी बालेनकोभन्दा च’र्को से’न्टिमेन्ट ल्याउने उपाय खोज्दैछौँ ।

शनिबार दिउँसो बानेश्वरको एक पार्टी प्यालेसमा कार्यकर्तालाई बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने बताएका प्रचण्डले त्यसको संकेत पनि गरेका थिए । त्यतिबेला प्रचण्डले भनेका थिए, ‘हामी उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

प्रचण्डले नयाँ मान्छे भनेर काठमाडौंमा कम्तिमा २ सीट जित्ने रणनीति लिएको पनि बताएका थिए । बोल्ने क्रममा प्रचण्डले बागमती प्रदेशमा माओवादी अहिले एमालेभन्दा अघि रहेकोले प्रतिनिधिसभा चुनावमा पनि अघि हुने गरी जाने बताएका थिए । त्यसका लागि काठमाडौंमा शून्य रहेको माओवादीले कम्तिमा २ सिट जित्ने बताएका थिए ।

प्रचण्डले त्यसो भन्नुको अर्थ काठमाडौं निर्वाचन क्षेत्र ३ बाट कुलमान घिसिङलाई ल्याउने सन्दर्भसँग जोडिएको थियो । माओवादीका केन्द्रीय सदस्य बद्री बजगाईंका अनुसार काठमाडौ ३ नम्बर क्षेत्रबाट घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...