Advertisement

नायक अनिल कपुरको फिल्मी शैलीमा उत्रिए बालेन, अदालतमा समेत चलाउदैछन् डोजर !

Advertisement

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जिस्काएपछि हिन्दी चलचित्र नायकका अनिल कपुर शैलीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उत्रिएका छन् । बालेनले गैरकानुनी रुपमा बनाइएका महानगरभित्रका संरचनामा धमाधम डोजर चलाउन थालेका छन् ।

काठमाडौं महानगरपालिकाले नक्सापास भन्दा बाहेकका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ। नक्सापास बाहेकका अवैध संरचना भत्काउन यसअघि नै ३५ दिने सूचना जारी गरेको महानगरले म्याद सकिएपछि डोजरसहित फिल्डमा खटिएर अवैध संरचना हटाउन थालेको हो। बुधबार विहानैदेखि सुन्धारस्थित काठमाडौं मलअगाडि, खिचापोखरीमा रहेको आरबी कम्प्लेक्स अगाडि र न्यूरोडमा अवैध संरचना हतटाउ महानगर सक्रिय छ।

यही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् । दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।

मेयर बालेन शाहकै उपस्थितिमा नक्सापास विना बनाइएका अवैध संरचनाहरू धमाधम भत्काउन थालिएको हो। यसैबीच मेयर शाहले सबैखालका अवैधानिक संरचना हटाएर छाड्ने बताएका छन्।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुन सबैलाई लाग्ने र बराबरी हुने भन्दै जिल्ला अदालतलाई आफूले समय दिएको बताएका छन्।

बुधबार काठमाडौंमा पार्किङको लागि नक्सा पास गरी बनाएका अनधिकृत संरचनामाथि धमाधम डोजर चलाएका शाहले नियम कानुन सबैलाई बराबरी लाग्ने बताएका हुन्।

काठमाडौंका संरचना भत्काउने क्रममा स्थानीयसँग कुरा गर्दै मेयर शाहले काठमाडौं जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएमा डोजर चलाएर भत्काउने बताए।

‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो। हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यहीँ हुने हो,’ उनले भने। मेयर शाहले पछिल्लो समय राजधानीमा अनधिकृत रूपमा बनेका संरचना हटाउन सुरू गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...