काठमाडौँबाट फर्किए लगतै हर्क साम्पाङले गरे अर्को घोषणा, पाए नसोचेको समर्थन !

काठमाडौँ – धरान उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङले काठमाडौँबाट फर्किए लगतै नयाँ कुराको सार्वजनिक गरेका छन् । काठमाडौँ रहँदा समेत चर्चाको केन्द्र बनिरहेका हर्क साम्पाङको गरेका यो सार्वजनिक तथा घोषणाले झनै चर्चा समर्थन पाइरहेका छन् ।

मेयर साम्पाङले देशभरका मेयरहरूलाई पछि पार्दै आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

हालसम्म कुनै पनि मेयर आफ्नो एक सय दिनको कामलाई सार्वजनिक गर्न सकिरहेका छैन । तर हर्क साम्पाङले भने १३ बुँदामा आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले आज बिहान फेसबुकमार्फत १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

मेयर साम्पाङले १०० दिनमा के गर्यौ त भन्नेलाई मेरो यस्तो उत्तर हुन्छ भन्दै लेखेको छन्, ‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरे, ४ ठाउँबाट खानेपानीको मुहान थपे, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए, ६ लाख बिरुवा रोपे, सरसफाइमा देखिने सुधार ल्याए, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याए, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बाले, बाटो मर्मत सम्भार तथा टटबन्धन, विपद् व्यवस्थापन, लागु औषध विरुद्धको अभियान सुरु गरे, योजनाहरूका लागि बजेटको जोहो गराए, पारदर्शी हिसाब किताब सार्वजनिक गरे, पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिए र शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याए ।’

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...