काठमाडौं – अर्थमन्त्रीबाट हटेको महिनादिन नबित्दै जनार्दन शर्माको सिंहदरबारमा फेरि इन्ट्री भएको छ । अहिले शर्मा मन्त्रीको रुपमा नभई संसदीय विशेष छानबिन समितिको बैठकमा बयान दिन सिंहदरबार छिरेका हुन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् । संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दावी गरेका हुन् ।
बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताए । उनले छानविन समितिमा बयान दिँदै भने,‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएक थाहा भैहाल्थियो ।’
उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई जानकारी नहुने बताए । उनले भने,‘भिडियो कहिले सम्म रहन्छ के हुन्छ त्यो बारे मलाई केहि जानकारी थिएन ।’
समितिका ११ जना सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् ।बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९र०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।
आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।