काठमाडौं। मेक्सिकोका एक मेयरले पोथी गोहीसँग विवाह गरेका छन्। विवाह गरेसँगै उनले गोहीलाई मेरो रानीभन्दै चुम्बन पनि गरे।
डेलीमेलका अनुसार सान पेड्रो हुवामेलुलाका मेयर भिक्टर हुगो सोसाले वर्षौ पुरानो रितअनुसार गोहीसँग विवाह गरेका हुन्।
खबरअनुसार सात वर्षका गोहीसँग भिक्टरले विवाह गरेका छन्।
दक्षिणपश्चिमी मेक्सिकोका मानिसहरुले गोहीलाई भगवान ठान्छन्। उनीहरु गोहीलाई धर्तीमाताको संज्ञा दिन्छन्।
गोहीसँगको विवाहलाई भगवानसँगको मिलनको रुपमा लिने गरिन्छ। यसरी समुदायमा दुःख परास्त हुने र खुशीयाली छाउने विश्वास गरिन्छ।























