बालनेबारे बालेन समर्थकले प्रचण्डको मुखबाट जे सुन्न चाहन्थे आज त्यही बोले प्रचण्ड !

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् । निर्वाचित भएको दिनदेखि नै निरन्तर जनताको सेवामा अहोरात्र खटिरहेका बालेनले सबै शीर्ष नेताहरुबाट अनुभव लिइरहेका हुन् ।

बालेनको भेटको अर्को कारण काठमाडौं महानगरका दलका जनप्रतिनिधीहरुले पनि आफ्नो काममा अवरोध नपुर्याउन भन्ने रहेको छ । यसैबीच, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

प्रायः विपक्षी दलका नेताहरुसँग कडा रुपमा प्रस्तुत हुने प्रचण्डले बालेनलाई भने क्रान्तिकारीको उपमा दिए । शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए । प्रचण्डले भने, ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो ।

पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले हजुरलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ। “

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...