भारत – सामान्यतया विवाहपछि प्रायः जोडीको रमाइलो दाम्पत्य जीवन सुरु हुन्छ । तर, भारतका एक दुलाहालाई भने नवदुलहीले तीन घण्टामा नै सम्बन्धविच्छेद गरिदिएकी छिन् ।
‘लोभी’ दुलाहाले धेरै दाइजो मागेपछि सिन्दुर हालेको तीन घण्टामै दुलहीले सम्बन्धविच्छेद गरेर अर्को पुरुषसँग विवाह गरेकी हुन् । दाइजोको विषयलाई लिएर बेहुलीपक्षले दुलाहाकोआधा कपाल मुन्डन गरी जुत्ताको माला लगाइदिएका थिए ।
पूर्वी भारतको चन्दवा गाँउका १८ वर्षीय रुबना पर्भिन र १८ वर्षीय मुन्ताज अन्सरीको बुधबार विवाह भएको थियो ।परम्परागत विवाहपछि रिक्सा चालक बेहुलाले दाइजो र महँगो मोटरसाइकल मागेका थिए ।
बेहुलीका बाबु बसिर पर्भिनलेबेहुलाका लागि जसोतसो मोटरसाइकल जुटाएका थिए । तर, मुन्तज त्यतिमै सन्तुष्ट देखिएनन् र नयाँ मोडेलको बाइक ‘डिमान्ड’ गरे ।
‘आफूलाई जे दिइएको छ त्यसैमा चित्त बुझाउन दुलाहालाई सबैले कर गरेका थिए, तर बेहुलाले दुलही नलिई घर जाने धम्की दिएपछि परिस्थिति अप्रिय बनेको थियो ।
‘दाइजोकै विषयमा दुलाहा र दुलहीका बाबुबीच ठूलौ बहस भयो । विवाहमण्डपको दृश्य निकै डरलाग्दो थियो,’ एक साक्षीको भनाइ उद्धृत गर्दै डेलीमेलले लेखेको छ ।
दुलाहाले दाइजोस्वरूप नयाँ मोडेलको बाइक डिमान्ड गरेपछि दुलही पक्षले दुलाहालाई जुत्ताको माला लगाएर चार पाटा मुडिदिए
झगडा बढेपछि बेहुली रुबनाले स्थानीय मुस्लिम न्यायाधीश क्वाजीलाई बोलाइन् ।
परिवारको समर्थनमै उनले सबैका अगाडि तीनपटक ‘तलाक’ शब्द घोषणा गरिन्, जुन शब्दले मुस्लिम धर्मअनुसार सम्बन्धविच्छेद गरेको अर्थ लाग्छ । स्थानीयको दबाबपछि दुलाहालाई लगाइदिएका गरगहना दुलाहा पक्षले फिर्ता गरेको थियो ।
आक्रोशितस्थानीयले यसअघि आफैँले टीका लगाएका दुलाहालाई जुत्ताको माला लगाइदिएका थिए । स्थानीयले दुलाहाको घाँटीमा ‘दहेजका लागि म लोभी हुँ’ लेखेको प्लेकार्ड झुन्ड्याइदिएका थिए । त्यसपछि उनीहरूले दुलाहा र उनका भाइको आधा कपाल मुन्डन गरिदिएका थिए ।
सोही साँझ चार सन्तानका पिता बसिरलेएउटा स्थानीयसँग छोरीको विवाह गरिदिएका थिए । ‘मलाई कुनै पछुतो छैन । मेरी छोरीले लोभी मान्छेसँग जिन्दगी बिताउनु त परेन,’ बसिरले भने,‘लोभीसँग सम्बन्धविच्छेद गरेर दोस्रोपटक विवाह गर्न पाउँदा छोरी औधी खुसी छिन् ,’ ५८ वर्षीय बसिर पेसाले होटेल सञ्चालक हुन् ।एजेन्सी























