काठमाडौं – नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्रि बनाउँन एक जुट भएका दलहरु आसन्न निर्वाचनमा पनि गठबन्धन गरेर एमाले हराउँने भन्दै हुंकार दिइरहेका छन् ।
मुखले गठबन्धन भन्न जति सजिलो छ व्यवहारिक रुपमा यसको प्रयोग उत्तिकै कठिन हुँदै गएको छ । केन्द्रमा गठबन्धनका शिर्ष नेताहरु बसेर चियाको चुस्कीसँग गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेका छन्
तर जिल्ला जिल्लाका गठबन्धन आवद्ध दलहरुका बिचमा भागवण्डामा कुरा निमिल्दा गठबन्धन आवद्ध दलकै जिल्ला तहका नेताहरुका बिचमा बोलचालनै बन्द हुने अवस्था देखिएको छ ।
चितवनको भरतपुर महानगरपालिका यस पटक पनि माओवादी केन्द्रलाई दिन कांग्रेस सभापती शेरबहादुर देउवा तयार भएपछि चितवनका स्थानिय कांग्रेस कार्यकर्ताहरु आक्रोशित भएका छन् । उनीहरुले स्वस्फुर्त विद्रोहको चेतावनी दिइरहेका छन् । मोरङ, कञ्जनपुरको कथा पनि उस्तै छ ।
यत्रा पश्चिम तराई नेपालगञ्ज उपमहानगर र मध्यतराईको कलैया उपमहानगरमा सत्तारुढ गठबन्धनका एउटा एउटा पार्टीलाई बाहिर राखेर नयाँ गडबन्धनको अभ्यास सुरु गरिएको छ ।
नेपालगञ्जमा जनता समाजवादी पार्टीले मेयर पदमा दाबी गरेकोमा त्यहाँ काँग्रेसले दाबी नछोडेपछि जसपाले गठबन्धन नमान्ने भन्दै बाहिरिएको छ । नेपालगञ्ज प्रकरणका कारण जसपाले अन्य चारवटा पालिकामा आफु खुशी उम्मेद्धारी घोषणा गरेको छ ।
जसपा नेता इस्तिहाक राइनका अनुसार काँग्रेस नेतृत्वको जोरजबरजस्तीका अगाडि आफुहरु नझुक्ने बताउनुभएको छ । बाँकेमा हामी काँग्रे नेतृत्वको गठबन्धमा बस्दैनौ रायले भनेको छन् विचार मिल्ने समुहसँग छलफल गरेर गठबन्धन गर्छौ ।
यता बाराको स्थिति पनि उस्तै छ । कलैया उपमहानगरमा काँग्रेसले दाबी नछोडेपछि सत्ता गठबन्धनका काँग्रेस इतर दलहरु एकजुट भएको छन् ।
उनीहरुले पत्रकार सम्मेलन गरेर काँग्रेसको हैकम नमान्ने बताएका छन् । जनता समाजवादी ,माओवादी र नेकपमा एसले काँग्रेसका विरुद्ध अलग्गै उम्मेद्धार दिने तयारी गरेका छन् ।
त्यति मात्र होइन बाराको जितपुर सिमरा नगरपालिकामा पनि काँग्रेसले एक्लै चुनाव लड्ने अडान लिएपछि अन्य दलले काँग्रेसकै विरुद्ध गठबन्धन गर्न सुरु गरेका छन् ।