एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ ।
कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो ।
श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।
सरकारले कहिलेसम्म सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँछ भन्ने एकिन छैन ।