धादिङ र भक्तपुरमा तीन जनाको मृ’त्यु, काम गर्दागर्दै…

काठमाडौं

धादिङको धुनीबेशीमा संचालित जयसिद्धी रोडा ढुङ्गा उधोग प्रा.लि.को ढुङ्गा खानीमा पहिरो जाँदा एक मजदुरको मृ’त्यु भएको छ ।

आज (शनिबार) बिहान धुनीबेशी नगरपालिका वडा नम्बर १ स्थित उद्योगको खानीमा पहिरो जाँदा खानीमा कार्यरत मजदुर शैलेश भनिने शिरीष तामाङको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

भक्तपुरको ताथलीमा दुई जनाको मृत्यु, भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा दुई जनाको मृ’त्यु भएको छ ।

ताथलीको नालाछापस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा खाल्डो खन्दा ढिस्कोले पुरिएर काभ्रेका दुई जनाको शुक्रबार मृत्यु भएको भक्तपुर प्रहरीका डीएसपी राजु पाण्डेले जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार शुक्रबार साँझ ५ बजेपछि यस्तो घटना भएको थियो । घटनामा काभ्रेको चौरी देउराली गाउँपालिका घर भई ताथली बस्ने ५० वर्षीय वर्षमान तामाङ र

नमोबुद्ध नगरपालिका ९ घर भई ताथलीमै बस्ने ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको हो । प्लटिङमा काम गरिरहेको अवस्थामा ढिस्को खसेको बताइएको छ ।

घटनास्थलमा अहिले स्थानीयहरू तथा पीडित परिवारहरूले क्षतिपूर्तिको मागसहित आन्दोलन गरिरहेका छन् । उनीहरूले जग्गाधनीलाई घटनास्थलमा ल्याउन आग्रह गरिरहेका छन् । डिएसपी पाण्डेका अनुसार प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...