भरुवा बन्दुक बरामद

मकवानपुर : मकवानपुरगढी गाउँपालिका–१ सौराहा बस्ने ३७ वर्षीय जिलाब सिंह दोर्जे बम्जनको घरबाट १ थान भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा लुकाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार जिलाब सिंहको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...