एमसीसीका पक्षधरलाई गाउँबाट लखेट्ने……

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

आज (बिहिबार) काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हो ।

उहाँले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीकाबीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गराउन गाउँमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले एमसीसीको पक्षधरहरुलाई दलाल पुँजीपति वर्गको संज्ञा दिदैँ उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागु गर्न नसकिने पनि बताउनुभयो। उहाँले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताउनुभयो ।

नेपाली जनताको आकांक्षा पूरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको पनि उहाँको भनाइ छ ।
त्यस्तै, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताउनुभयो ।

अध्यक्ष गजुरेलले आंशिक रुपमा व्यवस्था बदलीएको भएपनि जनताले अपेक्षा गरे अनुसार पूर्ण रुपमा व्यवस्था नबदलिएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट, क्रान्तिकारीहरु पार्टी एकता गरेर जानुपर्ने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...