काठमाडौं –
रुसले चीनसँग मद्दत मागेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चे ता व नी दिएको छ ।
रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन् । तर चीनका एक अधिकारीले आफूहरू ल’डा’इँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए ।
प्र’ति’ब’न्ध छल्ने कोसिस
अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चे’ता’व’नी दिएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा
प्र’ति’ब’न्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्। सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्।
फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अ’ति’क्र’म’ण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो।
तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन। ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ।
चीनको प्रतिक्रिया
वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले ह’ति’या’र मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।उनले चीनको मुख्य प्राथमिकता ल’डा’इँ चर्कन नदिनु नै रहेको बताए।
चीनले हालसम्म रुस-यु क्रे न यु द्ध मा आफूलाई तटस्थ रूपमा प्रस्तुत गरिरहेको छ हालसम्म चीनले रुस-यु क्रे न यु द्ध मा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।
तर उसले यु क्रे न अ’ति’क्र’म’णलाई लिएर रुसको निन्दा भने गरेको छैन। रुसलाई पश्चिमा प्र’तिब’न्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्।
जेलेन्स्कीले नेटोलाई पुनस् गरे अनुरोध
यसबीच यु’क्रे’नका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुन: नेटोलाई उनको देशको आकाशमाथि उडान प्र’तिब’न्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।
उनले अब रुसले केही समयमै उक्त पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए।
यु’क्रे’नको पोल्यान्डसँगको सिमाना क्षेत्रमा रुसी क्षेप्या’स्त्र आ’क्र’म’णमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले उक्त टिप्पणी गरेका हुन्। पोल्यान्ड नेटो सदस्य राष्ट्र हो।
साथै जेलेन्स्कीले आफूले युरोपेली परिषद् अध्यक्ष चार्ल्स मिसेलसँग कुरा गरेको र अब युक्रेन ईयूको सदस्य हुने विषय वास्तविकता हुन लागेको पनि बताए।
यो पनि : युरोपमा रुसबाट हुन सक्ने ख त रा बीच ह ति या र आयात ह्वात्तै बढेको छ । युरोपमा पछिल्लो पाँच वर्षभित्र ह ति या र आयातमा विश्वमै धेरै वृद्धि भएको एक अध्ययनले देखाउँछ ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री) ले सार्वजनिक गरेको एक अध्ययन अनुसार पछिल्लो पाँच वर्ष (२०१७ देखि २०२१ सम्म) मा विश्वभर हतियार आयातमा ४.६ प्रतिशतले वृद्धि भएको छ ।
तर, युरोपमा भने उक्त अवधिभित्र हतियार आयातमा १९ प्रतिशतले वृद्धि भएको अध्ययनमा उल्लेख छ ।
‘युरोप नयाँ हटस्पट बनिरहेको छ’, सीप्रीको वार्षिक अध्ययनको सह-लेखन गरेका साइमन वेजेमेनले एएफपीसँग भने, ‘हामीले हाम्रो सैन्य बजेट निकै धेरै मात्रामा बढाउन गइरहेका छौं ।
हामीलाई नयाँ हतियार चाहिन्छ र यसमध्ये अधिकांश आयातबाट पूर्ति हुनेछ ।’ अधिकांश ह ति या र अमेरिका सहितका मुलुकबाट आउने पनि उनले बताए ।
विशेषगरी जर्मनीले आफ्नो सैन्य बजेट बढाउने घोषणा गरिसकेको छ । डेनमार्क र स्विडेनले पनि सैन्य बजेट बढाउने तयारी गरेका छन् ।
यु क्रे न मा रुसी ह म ला पछि त’र्सिएका युरोपेली मुलुकले आफ्नो सेनालाई अमेरिकाको एफ-३५ सहितका लडा’कु विमान, क्षेप्या’स्त्र र अन्य भारी ह’ति’या’रले सुसज्जित पार्ने अपेक्षा गरिएको छ ।
वेजेमेनका अनुसार रुसले २०१४ मा क्राइमियालाई गाभेपछि युरोपमा ह’ति’या’र आयात उकालो लाग्न थालेको हो । पाँच वर्षको अवधिमा विश्वव्यापी ह’ति’या’र आयातको हिस्सामध्ये युरोपमा १० प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको र आगामी दिनमा निकै बढ्ने पनि उनले बताए ।
सीप्रीका अनुसार पछिल्लो पाँच वर्षमा धेरै ह’ति’या’र किन्ने मुलुकमा एसिया र ओसेनिया क्षेत्रका छन् । विश्वभर हुने ह’तिया’र आयातको ४३ प्रतिशत हिस्सा ओगट्ने उक्त क्षेत्रका भारत, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया, पाकिस्तान र जापानले सबैभन्दा धेरै हतियार आयात गर्छन् ।
संसारकै धेरै मानिस बसोबास गर्ने क्षेत्रमा पाँच वर्षभित्र हतियार आयात झण्डै ५ प्रतिशतले घटेको छ । तर पूर्वी एसिया र ओसेनियामा भने क्रमश: २० र ५९ प्रतिशतले आयात बढेको देखिन्छ ।
‘चीन र एसिया एवं ओसेनियाका कैयौं मुलुकबीच जारी त’ना’व नै यो क्षेत्रको ह’ति’या’र आयातको प्रमुख कारक हो’, सीप्रीको प्रतिवेदनमा उल्लेख छ ।
विश्वव्यापी ह’ति’या’र आयातको ३२ प्रतिशत हिस्सा ओगट्ने र दोस्रो ठूलो ह’ति’या’र बजारको रुपमा रहेको मध्यपूर्वमा ३ प्रतिशतले आयात बढेको छ । खाडीका आफ्ना छिमेकीसँगको तनावबीच कतारले सैन्य क्षेत्रमा लगानी बढाएका कारण यस्तो भएको हो ।
तर विश्वव्यापी हिस्साको ६/६ प्रतिशन ओगट्ने अमेरिका (उत्तर र दक्षिण दुवै) र अफ्रिकामा भने ह’ति’या’र आयात क्रमश: ३६ र ३४ प्रतिशतले घटेको छ ।
त्यस्तै, सबैभन्दा धेरै हतियार खरिद गर्ने पाँच मुलुकमा भारत र साउदी अरब (११ प्रतिशत हिस्सा) शीर्ष स्थानमा छन् । शीर्ष पाँच सूचीमा रहेका अन्य मुलुकमा इजिप्ट (५.७ प्रतिशत), अष्ट्रेलिया (५.४ प्रतिशत) र चीन (४.८ प्रतिशत) रहेका छन् ।
यता धेरै हति’या’र बिक्री गर्ने मुलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । विश्वभर हुने ह’ति’या’र निर्यातमध्ये अमेरिका एक्लैले ३९ प्रतिशत हिस्सा ओगट्छ । दोस्रो स्थानमा रहेको रुसको हिस्सा घटेर १९ प्रतिशत पुगेको छ । चीनले किन्ने ह’ति’यारको मात्रा घट्दा रुसको हिस्सा समेत खुम्चिएको हो ।
त्यस्तै, तेस्रो स्थानमा रहेको फ्रान्सले विश्वभर हुने ह’ति’या’र निर्यातको ११ प्रतिशत ओगटेको छ । चौथो स्थानमा रहेको चीनले ४.६ प्रतिशत र पाँचौ स्थानमा रहेको जर्मनीले ४.५ प्रतिशत हति’यार निर्यात गर्छन् ।