अस्ट्रेलिया –
करिब दुई महिनाअघि मात्र उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएका बस्नेत थरका नेपाली विद्यार्थी आफ्नै कोठामा मृ त भेटिए ।
काठमाडौं गल्फुटार घर भएका बस्नेत केही दिनअघि मात्र आफ्नै कोठामा मृ त भेटिएका थिए । त्यसैगरी सिड्नीमै बस्दै आएकी अर्की कपाली थर भएकी विद्यार्थीसमेत केही साताअघि आफ्नै कोठामा मृ त भेटिएकी थिइन् ।
पछिल्लो तीन महिनाको अवधिमा मात्र करिब आधा दर्जन नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन् । हृद’याघा’त तथा दु’र्घट’नाले मात्र नभई
अन्य कारणले पनि विद्यार्थीले ज्यान गुमाउने गरेका छन् । बेलुका आरामले सुतेका विद्यार्थी पनि कतिपय अवस्थामा मृ त भेटिने गरेका छन् ।
विद्यार्थीले ज्यान गुमाएपछि उनीहरूको श व नेपाल पठाउन वा अस्ट्रेलियामै सद्गत गर्न एनआरएनएले सहयोग पुर्याउँदै आएको छ ।
यसका साथै अन्य संस्थाले समेत आर्थिकलगायत सहयोग गर्ने गरेका छन् । एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार ७ महिनाको
अवधिमा ज्यान गुमाएका विद्यार्थीका लागि आर्थिकलगायत सहयोग पुर्याएको उनले जनाए । उपलब्ध तथ्यांकअनुसार मृ त्यु हुने अधिकांश विद्यार्थी न्यु साउथ वेल्सका छन् ।
पछिल्ला ८ महिनामा न्यु साउथ वेल्सका ९ जना, भिक्टोरिया र नर्दन टेरिटोरीका २/२ जना र दक्षिण अस्ट्रेलियाका एक विद्यार्थीको मृ त्यु भएको छ ।
कोषाध्यक्ष पोखरेलले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्षको १२ महिनामा जम्मा १४ जना विद्यार्थीको मात्र मृ त्यु भएको थियो ।
उच्च शिक्षा अध्ययनका लागि लाखौं रुपैयाँ खर्च गरेर आउने र यहाँ आएपछि ज्यान गुमाउने क्रम बढेपछि नेपाली समुदाय चि न्ति त छ ।
मृ त्यु पछि प्रहरीले पो’स्टमा’र्टम लगायत कानुनी प्रावधान पूरा गर्न श व लैजाने गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि श व फिर्ता लैजान नेपाली समुदायलाई
भन्ने गरेको पोखरेलले जनाए । मृ त्यु भएका विद्यार्थीको शव नेपाल पठाउन वा अस्ट्रेलियामै अन्तिम संस्कार गर्न एनआरएनएले सहयोग पुर्याउँदै
आएको भए पनि आफूहरूले पो’स्टमा’र्टम रिपोर्ट हेर्न नपाउने भएकाले यथार्थ कारण थाहा नहुने एक पदाधिकारीले बताए ।
एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्सका अध्यक्ष देव गुरुङ केही नेपाली विद्यार्थी विभिन्न कारणले कु’लतमा फस्दै गएको र त्यसकै कारण मानसिक रो’गका
कारण पी’डि’त भएकाले समेत सम’स्या बढ्दै गएको हुन सक्ने सुनाउँछन् । ‘हामीले विद्यार्थीलाई परेको विभिन्न सम’स्या र उनीहरूलाई आवश्यकताअनुसार सक्दो सहयोग पुर्याए पनि यो संख्या बढ्दै गएको छ ।’
गुरुङले भने, ‘एकातिर महँगो शुल्क तिर्न धेरै काम गर्ने र अर्कोतिर काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्न नसकेर सम’स्या देखिएको हो ।’
उनले केही दिनअघि अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानलाई भेटेर विद्यार्थीका समस्याबारे जानकारी गराएको बताए । मन्त्री कोलम्यानले विद्यार्थीका विविध सम’स्या समाधान गर्न सहयोगको सकारात्मक आश्वासन दिएको उनले जनाए ।
अस्ट्रेलियामा रहेका नेपाली चिकित्सकको संगठन अस्ट्रेलियन मेडिकल एन्ड डेन्टल एसोसिएसनका अध्यक्ष डा. अनुपम पोखरेल आफूहरूले प्रत्यक्ष रूपमा कुनै विद्यार्थीको स्वास्थ्य अवस्थालाई नजिकबाट अध्ययन नगरेकाले त्यसबारेमा भन्न नसक्ने बताए ।
‘यदि दूतावास र नेपाल सरकारले आवश्यकता महसुस गरे यसबारेमा विशेषज्ञसहितको समिति बनाएर अध्ययनपछि कारणबारे भन्न सकिन्छ,’ पोखरेलको भने ।
करिब २ वर्षको सीमा बन्दपछि हालै खुलेको अस्ट्रेलियामा आउने नेपाली विद्यार्थीको संख्यासमेत बढिरहेको छ । यस क्षेत्रलाई नजिकबाट चिनेका र वर्षौंदेखि अस्ट्रेलियामा
स्थापित गुरुङ भने विद्यार्थीलाई सही सूचना, शिक्षा र जानकारीको अभाव रहेको बताउँछन् । उनले नेपाली विद्यार्थी यहाँ आउनुअघि नै
अस्ट्रेलियाको भूगोल, कला संस्कृति, शैक्षिक प्रणाली, रहनसहन, रोजगारीका क्षेत्रलगायत विषयमा ‘अनिवार्य प्रि–डिपार्चर’ तालिमको आवश्यकता देख्छन् ।
यसका लागि काठमाडौंमा रहेको एनआरएनएको केन्द्रीय सचिवालयलाई नै प्रयोग गर्न सकिने उनको सुझाव छ । तर आफूले यसका लागि लामो समयदेखि पहल गरिरहेको भए पनि सुनुवाइ नभएको गुरुङले बताए ।