काठमाडौं –
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय बैठक सम्पन्न भएको छ । केहि दिनदेखि काठमाडौंमा बसेको बैठक सम्पन्न् भएको हो ।
बैठकमा सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनमा पार्टीका भुमिका , तीन बँुदे सहमतिपछि पार्टीको अवस्था
प’क्रा’उ परेका नेताहरुको रिहाई र झु’ठा मु’द्धा खारेज
लगायतका उजेण्डामा रहेर छलफल भएको थियो । छलफलपछि प’क्रा’उ परेका नेता तथा कार्यकर्ता रिहाईका लागि महासचिव विप्लव र प्रकाण्ले विशेष पहल गर्ने निर्णय भएको नेकपा स्रोतले जनाएको छ ।
उक्त जिम्मेवारी अनुसार बैठक समापन भएको केहि समयमा नै नेताहरु छलफलमा केन्द्रित भएका छन् । महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड
तीन बुँदे सहमति कार्यान्वय गर्नका लागि दबा’ब दिन प्रधानमन्त्रि निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रि शेर बहादुर देउवासँग यस
विषयमा छलफल गर्न प्रकाण्ड सहित बालुवाटार पुगेका हुन् । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा प्रधानमन्त्रि देउवाले पनि शान्त वातावरणमा चुनाव
सम्पन्न गर्न विप्लवसँग भएको सहमति कार्यान्वयन कसरी गर्ने भनेर चासो राखेका थिए । छलफलमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रि देउवा,
गृहमन्त्रि बालकृष्ण खाण, कानुन न्याय तथा संसदिय व्यवस्थामन्त्रि दिलेन्द्र बडु, गृहसचिव टेकनारायण पाण्डे सहितको सहभागिता छ ।
नेपाल कम्युनिष्ट तर्फबाट महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ । यसअघि विप्लवले गृहमन्त्रि खाणसँग छुट्टै
भेटेर नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल गरेका थिए । छलफलमा नेकपाका प्रवक्ता प्रकाण्डले विभिन्न
आ’रोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमति बमोजिम रिहाई गर्न आग्रह गरेका थिए । गृहमन्त्रि खाणले प्रक्रिया पुर्याएर राजनितिक गतिविधिमा पक्राउ गरेकालाई रिहाई गर्न पहल गर्ने बताएका थिए ।
यो पनि : नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आउँदो चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी
गरेका छन्। उनीहरुको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको उनको दाबी थियो।
‘कांग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ। उसको चरित्र त्यस्तै हो। हामी सबै जितेर आएका छौं भनिराछन् नि, त्यो सबै धाक पैसाको हो,’ नेकपा एसको इलाम-काठमाडौं जनसम्पर्कको राजधानीमा आयोजित कार्यक्रममा उनले भने।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरु पनि बोरामै पैसा बोकेर निर्वाचन जाने बताए। ‘आउँदो चुनावमा अरु पनि बोरामा पैसा बोकेर जान्छन्, केपी ओली पनि पैसा बोकेर निर्वाचनमा जान्छन्,’ उनले भने।
उनले इलामबाट आफूलाई हराउन कांग्रेस र एमालेको बैठक नै बसेको दाबी गरे। ‘एकदिन कांग्रेस नेताहरुको बैठक बस्यो। बैठकमा कसलाई
हराउने भन्दा एक नम्बरमा झलनाथ खनाललाई हराउने। अर्को एकदिन एमालेको पनि बैठक बस्यो। त्यहाँ पनि इलाम क्षेत्र १ बाट मलाई हराउने सल्लाह भयो,’ उनले भने।
उनले चुनावी तालमेल नेतृत्वको चाहनाअनुसार हुने बताए। ‘कतिपय साथीहरुले एकताबद्ध भएरै चुनावसम्म जाने भन्नुभएको छ। तर नेतृत्वले जे भन्छ त्यही हुने हो। सम्भव भएको ठाउँमा एक्लै जाने हो,’ उनले भने।
गठबन्धन बनाउँदा धेरै सिट जित्नेगरी बनाउनु्पर्ने उनको धारणा थियो। ‘कतिपय ठाउँमा एकता गरेर बढी सिट जित्नेगरी अघि बढ्नुपर्छ। सिट जित्ने कुरालाई महत्वका साथ लैजानुपर्छ,’ उनले भने।