प्रचण्डले भने – ‘एमसीसी फेल भए……..

काठमाडौँ –

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आगामी जेठ २० गते बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल गर्ने र त्यसमा एमसीसी फेल भए आफूले राजीनामा दिने बताएका छन् । 

प्रदेश १ मा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुने जाने क्रममा आइतबार अध्यक्ष दाहालले भने, ‘स्थानीय चुनावपछि एमसीसी सम्झौताबारे छलफल हुन्छ ।

फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला ।’ उनले माओवादी केन्द्रको अध्यक्ष पदबाट राजीनामा दिने बताएका हुन् ।

प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित पारित भएपछि माओवादीले एमसीसी सम्झौताबारे छलफल गर्ने भएको छ । एमसीसी सम्झौता

पारित गरेकोप्रति माओवादीभित्र वि’वाद रहेको छ । एमसीसी सम्झौतालाई लिएर कतिपय नेता र कार्यकर्ताले पार्टी परित्या’ग गरिरहेका छन् ।

तर, एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गर्ने माओवादी छोडेर जस्ताको तस्तै पारित गर्ने एमालेमा प्रवेश गर्न लागेकोप्रति दाहालले असन्तु’ष्टि व्यक्त गरेका छन् ।

संसद्मा एमालेको अवरो’धलाई लिएर पनि दाहालले असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘विघट’नकारी विचार र वि’घनकारी शक्तिहरू अहिले पनि संसद् वि’घटनको पक्षमा छन् ।

बिना कुनै प्रमाण, तथ्य, तर्क सदन अवरो’ध भएको छ । जसले पटक-पटक सदन अवरु’द्ध गर्ने दुस्साहस गरेर अहिले पनि विघ’टन गर्न खोजिरहेका छन् ।’

पार्टी विभाजन भएको विषयमा सर्वोच्चमा मु’द्दा विचाराधीन रहेकाले संसद्बाट केही निकास नआउने दाहालको भनाइ थियो । उनले भने,

‘अर्को पार्टी बन्यो, सभामुखले अर्को पार्टी बनाउन भूमिका खेल्नुभयो भन्ने कुरा छ । अहिले मु’द्दा अदालतमा छ । अदालतले फैसला

नगरी अरू केही हुने अवस्थता छैन । सभामुखले १५ दखिनभित्र दिनुपर्थ्यो १३ औँ दिनमा राय दिनुभयो,’ उनले भने ।

आउने निर्वाचनमा प्रतिनिधिसभा विघटन र त्यसको वि’रोधमा रहेकाबीचमा प्रतिस्पर्धा हुने दाहालको भनाइ थियो । ‘परिवर्तन विरो’धीको रूपमा

रहेको एमाले र केपी ओली पक्ष अहिले सदन अवरो’ध गरिरहेको छ । आउने निर्वाचन विघ’टनकारी शक्ति र परिवर्तनकारी शक्ति बीचमा प्रतिस्पर्धा हुनेछ,’ उनले भने ।

सदन खुलाउनेबारे छलफल भइरहेको पनि उनले जानकारी दिए । सत्तारुढ गठबन्धनको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी

एमालेलाई अलोकतान्त्रिक, असंवैधानिक अवरो’ध अन्त्य गर्न आग्रह गर्ने कुरा भएको उनले बताए । आफ्ना कुरा संसद् खोलेर सदनमा नै भन्न आग्रह गर्ने निर्णयमा सत्तारुढ गठबन्धन पुगेको उनको भनाइ थियो ।

निर्वाचनमा सत्ता गठबन्धन एक भएर जानेबारे कांग्रेसका नेताहरूले फरक अभिव्यक्ति दिएकोप्रति सोधिएको प्रश्नमा दाहालले नेतृत्व त्यसमा प्रष्ट रहेको बताए ।

कांग्रेस नेतृत्व गठबन्धन गर्नेमा प्रष्ट रहेको र फरक मत भएका कांग्रेस नेताहरूले पार्टीभित्र छलफल गर्नुपर्ने उनको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...