काठमाडौं –
यु’क्रेनको बन्दरगाहबाट नेपालका लागि चलान हुनै लागेको सूर्यमुखीको कच्चा तेलको जहाज र’द्द भएको छ ।
नेपालका विभिन्न रिफाइनरी उद्योगले मगाएको ५० हजार टन कच्चा सूर्यमुखीको तेल लोड गरिएको जहाजको चलान यही हप्ता र’द्द भएको हो।
उद्योग संगठन मोरङका कोषाध्यक्ष एवम् क्वालिटी आयल रिफाइनरीको सञ्चालक विपिन काबराले ५० हजार टन कच्चा तेल लोड गरिएको जहाजको चलान र’द्द भएको बताए।
‘यो फरबरीसम्मको सौदा थियो,’ उद्योगी काबराले भने, ‘मार्च लागेपछि कसैले सौदा (अर्डर) गर्न सकेका छैनन्। त्यसैले एक महिनाभित्रै नेपालमा सूर्यमुखीको तेलको उपलब्धता कस्तो हुन्छ भनेर बताउन गा’ह्रो भइरहेको छ।’
काबराका अनुसार, एकातिर कसैले सौदा गर्न सकेका छैनन् भने अर्कातिर गरिएको सौदा पनि भटाभट र’द्द भइरहेका छन्। सूर्यमुखीको कच्चा तेलको असर सबै प्रकारका खानेतेलमा परेको छ।
ब्ल्याक सी (यु’क्रेनको सामुद्रिक बन्दरगाह) बाट पैठारी गरिने सबै प्रकारका मालवस्तुमा असर परेको उनले बताए। यस्ता मुख्य वस्तुमा सूर्यमुखीको कच्चा तेलका अतिरिक्त गेडागुडी, दालदलहन, गहुँ, जौ लगायतका छन्।
उनले यु’क्रेनपछि सूर्यमुखीको कच्चा तेलको सौदा गर्न सकिने अन्य देशमा जर्जिया, टर्की र रसिया भएको बताए। तर तीन वटै मुलुकका आपूर्तिकर्ताले अर्डर लिन मानिरहेका छैनन्।
पशुपति खाद्यतेलका सञ्चालक एवम् मोरङ व्यापार संघका कार्यकारी सदस्य अमित शारडाले इन्डोनेसिया र मलेसियाबाट पैठारी
गरिने कच्चा पामोलिन तथा अर्जेन्टिना, ब्राजिल र पाराग्वेबाट पैठारी गरिने भटमासको कच्चा तेलमा पनि सम’स्या भएको बताए।
उद्यमी शारडाले ती मुलुकका आपूर्तिकर्ताले दुवै प्रकारका तेलको अर्डर लिन नमानेको दाबी गरे।
उनको भनाइ थियो, ‘कच्चा पामोलिन र भटमासको तेलमा पनि सूर्यमुखीकै जस्तो अवस्था छ। गरिएका धेरै अर्डर र’द्द भएका छन्। आपूर्तिकर्ताले नयाँ अर्डर लिन मानिरहेका छैनन्।
यता नेपालका बैंकले पनि डकुमेन्ट छुटाउने बेलामा नगद जम्मा गर्न भनिरहेका छन्। त्यसैले एलसी पनि कम खोलिएको छ र खोलिएका एलसी पनि बदर गरिँदैछन्।’
शारडाका अनुसार यति बेला सबैजसो रिफाइनरीले आफ्नो उत्पादन घटाएका छन्। न्यूनतम २५ प्रतिशतले सबैले उत्पादनमा कटौती गरेका छन्।
कसै-कसैले त ६० प्रतिशतसम्म कटौती गरेको खबर हामीसित छ। तर कुनै पनि उद्योगले हामीले यति प्रतिशतले उत्पादनमा कटौती गरेका छौं भन्न चाहिरहेका छैनन्।
किनकि यसको उल्टो असर पर्न सक्छ। तर यथार्थ यही हो, सबैले केही न केही उत्पादन घटाएकै छन्।
उनले कच्चा पदार्थको मौज्दात कम भएसँगै उत्पादनमा कटौती गर्न बाध्य हुनुपरेको स्पष्ट पारे। एकै पटक सबै कच्चा पदार्थको प्रशोधन गरेर
उद्योग बन्द गर्नुभन्दा बिस्तार-बिस्तार थोरै उत्पादन गरेर उद्योग धेरै दिन चलाउने रणनीति सबै उद्योगको भएको उनको कथन छ।
शारडाले भने, ‘कामदार र कर्मचारीलाई बिना काम तलब दिएर राख्नु अझ प्यानिक हुन्छ। त्यसैले हामीले कम-कम मात्र उद्योग चलाएका छौं।’
को’भि’डका कारण उक्त सम्बन्धित मुलुकमा पाम र भटभासको खेतीबाली कम भएको र बाली उठाउने बेलामा पनि पर्याप्त कामदार नभएका कारण महँगा कामदार लगाइएको उल्लेख गरे।
शारडाले भने, ‘यसका कारण कच्चा तेलकै लागतमा वृद्धि भएको छ। अहिलेको यु’द्धले त झन् प्रभा’वित बनाएको छ।’ उनले नेपालको बजारबाट उधारो उठ्ने सम’स्या पनि विकराल भएको गुनासो गरे।