धरान –
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली मानसिक सन्तुलन गु’माएर जथाभावी बोल्न थालेको आरो’प लगाएका छन्।
शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो आरो’प लगाएका हुन्।
ओलीले आजै पोखरामा सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै गठबन्धनको आलोचना गरेका थिए। उनले आफूलाई प्रधानमन्त्रीबाट
हटाएर गठबन्धनको सरकार गठनका लागि परमादेश दिएको सन्दर्भमा निकाल्दै उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै यसपालि पनि त्यस्तै भएको सुनाएका थिए।
उनले आफ्नो सरकार ढालेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछुताइरहेको पनि बताएका थिए।
अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर गठबन्धन सरकारविरुद्ध जथाभावी बोल्न थालेको बताए ।
मानसिक सन्तुलन गु’माएको मान्छे उपचार गर्न छाडेर सडकमा जथाभावी बोल्दा आफ्नै स्वास्थ्य बि’ग्रिने भन्दै नेपालले ओलीलाई उपचार गर्न सुझाव समेत दिए ।
नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन,मिलेर चुनावी तालमेल गर्ने पक्का भएकाले कसैलाई भ्र’ममा नपर्न आग्रह गरे । उनले प्रधानमन्त्री स्वयम् आफैले चुनाबी तालमेलको
कुरा गरिसकेकाले चुनावसम्म गठबन्धन कायम रहने बताए। सम्मेलनमा पत्रकारले एमसीसी पास गरेर अमेरिकाको म’तियार बन्नु भयो नि
भन्ने जिज्ञासामा उनले ओलीले हुबहु पास गर्न लागेकाले गठबन्धन आरकारले व्याख्यात्मक टिप्पणी गर्दै एमसीसी पास गरेको बताए ।
उनले एमसीसी संसदमा दर्ता गर्न लगाएर ओली एमसीसीको प्रवक्ता बनेको आरो’प लगाए। नेपालले ओली प्रधानमन्त्री हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गलत व्यक्तिलाई नियुक्त गरेका कारण प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको तर्क गरे।
यस्तै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै २ तिहाइको सरकार ढालेर प्रचण्ड–माधवलाई द’शा लागेको बताएका छन् । उनले गठबन्धनका नाममा उनीहरुले देउवाको ढोका कुरेर ‘प्रसाद’ मागिरहेको टिप्पणी गरे ।
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै ओलीले भने, ‘झण्डै २ तिहाइको सरकार ढालेर प्रचण्ड–माधवलाई
द’शा लाग्यो । सरकार ढालेर गएका विचराहरु, ढोका बाहिर कुरेर बस्याछन् । प्रसाद बाँड्न आउँछन् कि भनेर । कताका जंगेहरु कताका बुंगे भए ।’
उनले प्रधानमन्त्री बनाउने र ढाल्ने काम संसद्को भए पनि सर्वोच्च अदालतले संसारमा कहीं नभएको काम गरेको बताए । ‘एकपटक एकजनाले गोरु ब्याउँदैन भनेका थिए ५२ सालतिर ।
नेपालको सर्वोच्च अदालतमा ब्यायो,’ उनले भने, ‘अहिले गोरु व्यायोमात्रै होइन, ५ वटा पाठा पायो । बाच्चा पायो । जुनलाई गठबन्धन भनिएको छ ।’
उनले ओली सरकार ढाल्न अमेरिकाबाट इमेल आउने, न्यायाधीशको अभिव्यक्ति आउने काम भएको बताए । ‘केपी ओलीको सरकार ढाल्नुपर्ने ? न्यायाधीशको के बिगा’रिदिएको थियो त्यो सरकारले ?,’ उनले प्रश्न गरे ।
एक अर्को प्रसंगमा उनले आफू म’रेपछि कसैले पनि नसम्झिउन् भने । ‘मलाई एकजना पत्रकाले सोध्नुभएको थियो, इन्टरभ्युमा । आफू म’रेपछि जनताले कसरी सम्झिउन भन्ने चाहनहुन्छ तपाईं ? भन्नुभएको थियो । मैले भने, म’रेपछि नसम्झिउन् भन्ने चाहन्छु ।’
उनले आफ्ना छोराछोरीलाई राम्रा शिक्षा दिने, समाजका लागि काम गर्न, देशका लागि काम गर्न सुझाएँ । म’रिसकेको मान्छेलाई सम्झिएर बेकारमा समय बर्बा’द गर्न आग्रह गरे ।
भने, ‘म’रेको मान्छेलाई सम्झेर एक डोको मकै फल्छ ? एक बाला धान फल्छ ? एक माना दूध आउँछ ? केही हुन्छ ? एउटा फूल फुल्छ सम्झिएर ? उनले अतितमूखी हुन नहुने बताए ।
‘सम्झिने झन्झट छोडिदेउ भनेको छु । त्यही भनेकोले हो कि क्या हो, अचेल फूलैफूलमाला आदि इत्यादी आजै दिइहाल्छन्’ उनले भने, ‘मलाई मरेपछि सम्झिउन् र समय बर्बाद गरुन् भन्ने इच्छा छैन ।’