काठमाडौं –
फिल्मीशैलीमा राजनितिमा छिर्न लागेका महानायक राजेश हमाल यो पार्टिबाट चुनाव ल’ड्ने तयारीमा, बाहिरियो भित्रि तयारी
महानायक राजेश हमाल राजनितिमा छिर्न लागेको खबरले राजनिति गमाएको । महानायक हमालले फिल्मीशैलीमा नेकमा एमालेमा इन्ट्री गर्न लागेको प्रहार न्युज अनलाईनले प्रकाशित गरेको छ ।
हमाल नेकपा एमालेमा प्रवेश गर्ने मिति नबाहिरिएपछि विश्वस्त स्रोतको अनुसार आजभोली मै औपचारिक रुपमा पार्टीमा प्रवेश गर्ने तयारीमा जुटेको छन् ।
उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् । हमालले राजनितिमा आउने चाहना गरिरहेको थिए । उनले युट्युब च्यानलमार्फत काठमाडौंको मेयर बन्ने इच्छा देखाएका छन् ।
मेयरको उम्मेदवारको इच्छा देखाएका हमालको एमालेसँग यसबारे छलफल चलेको हो । विश्वस्त स्रोतको अनुसार हमालले एमालेमा आएर
काठमाडौंको मेयरमा उठे पार्टीले टिकट दिने तत्परता समेत देखाइसकेका छ । नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई
एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसाँ कुरो पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रिय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेको छन् ।
ओलीले अभिनेत्रि करिश्मा मानन्धरलाई पनि एमाले भित्रयाउने खोजिरहेको छन् । मानन्धरले ओलीले दुई पटक भेटिसकेकी छिन् ।
यसअघि गायिका कोमल वली एमालेमा प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य बनेकी थिइन् । वली दाङबाट चुनाव ल’ड्ने तयारीमा छिन् ।
करिश्मा पनि आजभोली मै एमालेमा प्रवेश गर्ने तयारीमा अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नेबारे छलफलमा जुटेकी छन् ।
नेपाली सिने क्षेत्रकी चर्चित मानन्धर एमाले अध्यक्ष केप ी ओलीलाई भेट्न बिहिबार बालकोट पुगिन् । लालितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवाल र
दाङकी समानुपातिक सांसद गंगा चौधरीका साथमा मानन्धर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । गोदावरी ३ वडामा बसोबास
रहेकी मानन्धरलाई सांसद सिलवालले ओलीकहाँ पु¥याएका थिए । चिनजानको आधारमा चौधरी पनि साथमै गएकी थिइन् । बालकोटमा ओली र मानन्धर बिच केही समय कुराकानी भएको सांसद सिलवालले बताए ।
“मेरो वडाबासी हुनुहुन्छ, कलाकारिता क्षेत्रमा लामो योगदान भएको मान्छे हो, पार्टीमा आएर काम गर्ने इच्छा देखाउनु भएको छ,” सिलवालले भने ।
सिलवालका अनुसार अहिले पार्टिमा आवद्ध हुने बिषयमा मात्रै छलफल भएको हो । कहिले प्रवेश गर्ने भन्ने टुंगो लागेको छैन ।
“प्रवेशको टुंगो लागेपछि उहाँलाई कस्तो भुमिका दिने भन्ने टुंगो लाग्ला, अहिले छलफल मात्रै भएको छ,” सिलवालले भने ।
नायिका मानन्धरले पनि एमालेमा आवद्ध हुनेबारे छलफल भएको स्वीकार गरेकी छन् ।
“बाहिर जे कुरा आएको छ, त्यही हो कुरा,” उनले भनिन् । सुटिङमा रहेकाले यसबारे विस्तृतमा अहिले बताउन नमिलेको उनले प्रतिक्रिया दिइन् ।