काठमाडौं –
सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार राम केसीको नि ध न भएको छ । लामो समयदेखि उपचारराथै उनको आज केएमसी शिक्षण अस्पतालमा नि ध न भएको
उनको परिवारले जानकारी दिएका छन् । साहित्यमासमेत उत्तिकै सक्रिय उनलाई राम केसी ‘चौतारे’ को नाममले साहित्य क्षेत्रमा चिनिन्छ ।
चौतारा साँगाचोक नगरपालिका–७, सानोसिरुवारी निवासी ७५ वर्षीय केसी हालसम्म पनि पत्रकारितामै क्रियाशील थिए । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता
तथा नेपाल समाचारपत्र दैनिकका जिल्ला समाचारदाताका रुपमा उनी कार्यरत थिए । दमरोग र छातीमा स’ङ्क्र’म’णका कारण उनी अस्वस्थ थिए।
केसीलाई गत कात्तिकदेखि स्वास्थ्यमा थप सम’स्या देखिएपछि गत महिना सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको सघन उपचार
कक्षमा १० दिन उपचार गराइ घरमा बसेका थिए । फेरि अस्वस्थ उनलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको छोरा शरद केसीले जानकारी दिए ।
विसं २०२६ देखि पत्रकारिता सुरु गरेका केसी विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत थिए । नेपाल प्रेस युनियनका केन्द्रीय सभासदसमेत रहेका उनी
नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता सेनानी सम्मान, २०७४ तथा राससबाट उत्कृष्ट जिल्ला समाचारदाताका रुपमा २०५४ र २०५७ मा पुरस्कृत भए ।
उनका उत्पीडन (कथा सङ्ग्रह), सुस्केरा र सुुसेली (गीति सङ्ग्रह) र नियति (कथा सङ्ग्रह) छन् ।
उनले २०५७ सालमा मिडिया प्वाइन्ट पुरस्कार र २०६० सालमा दैवीप्र’कोप उद्धार पदकसमेत पाएका छन् । उनका एक श्रीमती, एक छोरा र चार छोरी छन् ।