काठमाडौं –
यु क्रे न मा रुसले गरेको आ क्र म ण का कारण अमेरिका र युरोपेली देशहरुले रुसमाथि धेरै किसिमका आर्थिक प्रतिब’न्ध लगाएका छन् ।
एक दिन अघिमात्र अमेरिका र युरोपेली देशले रुसबाट तेद आयातमा समेत प्रतिब’न्ध लगाएका छन् । यी प्रतिब’न्धबाट सम’स्यामा परेको रुसका तेल कम्पनीहरुले
भारतलाई तेलमा भारी छुट दिने अफर गरेका छन् । बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसका तेल कम्पनीहरुले भारतलाई कच्चा तेलको मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट अफर गरेका छन् ।
रुसी तेल कम्पनीहरुको यो अफरको सीधा अस’र नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाट प्रशोधित तेल किन्छ ।
नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ ।
इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको अस’रले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ ।
भारत विश्वमै दोस्रो धेरै जनसंख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद, महासभा लगायत कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा
यु क्रे न आ क्र म ण को मु द्दा मा रुसको निन्दा वा रुसविरु’द्ध मतदान गरेको छैन । यस्तोमा रुसी कम्पनीहरुले भारतीय बजारलाई प्राथमितामा राखेका छन् ।
पश्चिमी बजार बन्द भएसँगै रुसका लागि भारत निकै महत्वपूर्ण बजार बनेको छ । यु क्रे न आ क्र म ण का कारण रुसका कैयौं बैंकहरुलाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली ‘स्विफ्ट’बाट हटाइएको छ
जसले रुसलाई अन्य देशहरुसँग व्यापार गर्न कठिनाइ भइरहेको छ । रुसको सरकार यो समस्याबाट बाहिर निस्किनको लागि नयाँ भुक्तानी प्रणाली निर्माण गर्ने काममा जुटेको छ ।
रुसले नयाँ भुक्तानी प्रणाली विकास गरेर आफ्ना साझेदार देशहरुलाई जोडेको अवस्थामा भारत पनि यो प्रणालीमा जोडिनेछ र रुसको भारतसँग व्यापार बढ्नेछ ।
यो व्यापारमा ठूलो हिस्सा तेलले ओगट्नेछ किनकि रुस विश्वका सबैभन्दा ठूला तेल निर्यातक मध्ये एक हो । रुसले प्रतिदिन ७ मिलियन ब्यारल तेल निर्यात गर्छ ।
रुसको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी रोसनेफ्टबाट भारतले अधिक मात्रामा कच्चा तेल किन्छ । गएको डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन
भारत आएका बेला रोसनेफ्ट र इण्डियन आयलले २०२२ को अन्त्यसम्म नोभोरोस्सिएस्क बन्दरगाहमार्फत भारतलाई २ करोड टनसम्म तेल आपूर्ति गर्ने एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
भारत तेल खरिदका लागि मध्यपूर्वमा अधिक निर्भर छ तर पछिल्लो समय भारत अमेरिका र रुसजस्ता देशबाट तेल खरिद बढाउने प्रयासमा छ ताकि तेल खरिदमा विविधता आओस् ।
बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसी तेल कम्पनीहरुले ब्रेन्ट क्रुड आयलको पुरानो मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट दिन तयार छन् ।
रुसी तेल कम्पनीहरुले भारी छुटको अफर गरेको संकेत दिँदै एक सूत्रले भनेको छ ‘प्रस्ताव आकर्षक छ । यद्यपि अहिलेसम्म तेल खरिदको भुक्तानी कसरी गर्ने भन्ने प्रस्ट छैन ।’
यद्यपि यो पनि भनिएको छ कि प्रतिबन्धको बीच रुससँग व्यापार सुरु गर्नुभन्दा पहिले भारत निकै सतर्क रहनुपर्छ । युक्रेनमा आक्रमणको बीच
रुससँग तेल किन्दा यसले अन्य कैयौं देशहरुलाई रुष्ट बनाउन सक्छ किनकि ती देशहरुले यसलाई रुसलाई आर्थिक सहयोग गरेको रुपमा पनि हेर्न सक्छन् ।
निजी बैंकका एक प्रमुख कार्यकारीले बिजनेस स्ट्याण्डर्डसँग कुरा गर्दै भने ‘यो रुसको सम’स्या हो कि ऊ आफ्नो उत्पादन बेच्न सक्षम छैन ।
यु द्ध का कारण कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारलबाट बढेर ११५ डलर प्रतिब्यारल पुगेको छ जसका कारण तेल खरिदका लागि भारतले पनि धेरै पैसा दिनु परिरहेको छ । हामीले तेल आयातको लागि रुसका अलावा अन्य विकल्प पनि खोज्नुपर्छ ।’
ब्लुमबर्गको एक रिपोर्टअनुसार प्रतिब’न्ध लगाइनुभन्दा ठिक पहिले नै रुसको कच्चा तेलको मूल्य ११.६० ब्यारलभन्दा तल गएको थियो ।
यसका बावजुद रुसी कच्चा तेलको लिलामीमा बोली लागेन किनकि रुसमाथि सम्भावित प्रतिब’न्धलाई दृष्टिगत गर्दै कोही पनि रुसको तेल किन्न तयार भएनन् ।
रुसका कैयौं बैंकहरुलाई स्विफ्ट बैंकिङ प्रणालीबाट हटाइएपछि रुससँग व्यापार गर्न विश्वका कैयौं देशहरुलाई कठिन भएको छ ।
भारतको सरकार र भारतीय रिजर्भ बैंक रुसबाट आफ्नो आयातको भुक्तानीको लागि वैकल्पिक बाटो खोजिरहेका छन् । भारतले आफ्ना बैंक र कम्पनीहरुसँग वैकल्पिक बाटोको विषयमा छलफल गरिरहेको छ ।
बैंकहरुले भारत सरकारलाई व्यापारको लागि भारत र रुसको मुद्रा अर्थात रुपैयाँ रुबल व्यापार खाता सक्रिय गर्ने विकल्प सुझाएका छन् । यस विषयमा अन्तिम निर्णय हुन बाँकी छ ।