भ्र ष्टा चा र रोक्ने लिङ्देनको यस्तो गजबको उपाय : जनतामा खुशियाली, ठ गी खानेहरु निदहराम !

काठमाडौँ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् ।

मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र

देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।

‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ,’ लिङ्देनले भने ।

कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्र’ष्टा’चा’रीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै शाहीले भ्र’ष्टा’चा’र’को अन्त्य गर्नका लागि संघीयता प्रदेशको खारेजी प्रमुख शर्त रहेको कुरामा जोड दिएका थिए । सोही कार्यक्रममा मन्तव्य

दिँदै राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले नारीलाई शिक्षाका लागि, स्वास्थ्यका लागि विशेष जोड दिनुपर्ने बताइन् । उनले अहिलेका नेताहरूले पटक पटक

देशलाई ब’र्बा’द पारेको र अब नेपाललाई अगाडि बढाउन नेपालवाद र नेपाली माटो सुहाउँदो नयाँ सिद्धान्त जन्माउन राप्रपा लागेको बताएकी छिन् ।

यो पनि : अर्थमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई चुनावमा सुरक्षाका लागि आवश्यक पर्ने गाडी खरिदका लागि पैसा दिन अस्वीकार गरेका छन् ।

प्रहरीले दुई सय गाडी खरिदका लागि बजेट माग गरेको थियो । प्रहरीलाई गाडी किन्न भने बजेट दिन नसकिने अर्थमन्त्री शर्माले जनाएपछि प्रहरी त’ना’ब’मा परेको छ ।

भारतसँग केही गाडी अनुदानका लागि कुरा भइरहेको भन्दै अर्थ मन्त्रालयले गाडी खरिद गर्न बजेट नदिएको स्रोतले जनाएको छ ।

भारतले गाडी नदिएमा आवश्यक सवारीसाधन भाडामा लिने तयारी भएको छ ।

गृह मन्त्रालयले निर्वाचनका लागि १७ अर्ब ६० करोड ५५ लाख बजेट माग गरेको थियो ।

अर्थ मन्त्रालयले चुनावका लागि आवश्यक इन्धन, भत्ता र अरू अत्यावश्यक खर्चका लागि मात्र बजेट दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई आवश्यक पर्ने बजेट नदिएपछि गृह मन्त्रालय असन्तुष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...