काठमाडाैं–
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार कुराकानी गरेका छन्।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति पुटिनलाई यु क्रे न का राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिएका छन्।
रुसले यु क्रे न माथि आ क्र म ण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चि न्ता व्यक्त गर्दै यु द्ध अन्त्य गराउने प्रयास स्वरुप राष्ट्रपति पुटिनसँग वार्ता गरेका हुन्।
रुसका राष्ट्रपति पुटिनले यु क्रे न का राष्ट्रपतिसँग वार्ता गरेमा समस्या समाधान हुने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उनीहरूका बीचमा झण्डै ५० मिनेट कुराकानी भएको उल्लेख गरिएको छ।
यो पनि : रुसको आ क्र म ण सुरु भएपछि पहिलो पटक यु क्रे नी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पहिलो पटक कीभस्थित आफ्नो कार्यालयमा देखिएका छन् ।
राष्ट्रपति जेलेन्स्की फेब्रुअरी २४ मा रूसी आ क्र म ण सुरु भएदेखि पहिलो पटक कीभस्थित राष्ट्रपति कार्यालयमा देखिएका हुन् । यसअघि अ ज्ञा त
स्थलबाट भिडियो सन्देश जारी गरिरहेका जेलेन्स्कीले सोमबार साँझ भने आफ्नो कार्यालयमा पुगेर भिडियो सन्देश जारी गरेका छन् ।
आफ्नो फेसबुक पेजमा पोस्ट गरिएको संक्षिप्त भिडियोमा जेलेन्स्कीले आफु लुकेर नबसेको भन्दै आफु कसैसँग नड’राउने बताएका छन् ।
उनले भने- ‘हामी भन्थ्यौं, सोमबार एक कठिन दिन हो, देशमा यु द्ध छ त्यसैले हरेक दिन सोमबार हो, र अब हामी प्रत्येक दिन र हरेक रात यस्तै हो भन्ने तथ्यमा अभ्यस्त छौं ।’
जेलेन्स्कीले रुसी आ क्र म ण मा ज्यान गुमाएका ९६ यु क्रे नी नायकहरुलाई राज्य पुरस्कार प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यस्तै जेलेन्स्कीले रुसी सेनाले पश्चिममा रहेको मकारिभको रोटी कारखानामा आ क्र म ण गरेकोमा रुसको आलोचना गरेका थिए । उनले भने- ‘यसको बारेमा सोच्नुहोस्, पाउरोटी कारखानामा आगो किन लगाइदैछ, यस्तो तिमीहरुले नै गर्नसक्छौं ।’
जेलेन्स्कीले देशको दक्षिणी भागमा राष्ट्रिय आन्दोलनले रुसको लागि ‘दुःस्वप्न’ सिर्जना गरेको बताउदै भनेका छन्- ‘हामी ट्याङ्क र मेसिनगनसँग डरा’उँदैनौं ।
प्र ति रो ध को हरेक दिनले यु क्रे न लाई देशको भविष्यको ग्यारेन्टी गर्न बलियो स्थितिमा पुर्याएको छ र यु क्रे न ले रूसी सेनाले गो ला बा री र ब म प्र हा र गरेको सबै चीजको पुनर्निर्माण गर्नेछ ।’
उनले यु क्रे न ले आ क्र म ण का री द्वारा ध्व स्त भएका शहरहरूलाई रूसको कुनै पनि सहरभन्दा राम्रो बनाउने समेत बाचा गरे ।