काठमाडौं –
अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।
करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।
करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’
उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’
यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्र’ष्टा’चा’रीलाई अब सदनबाट पछार्ने अभियानमा रहेको बताएका छन ।
बुधबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलमा बोल्दै प्रवक्ता शाहीले भ्र’ष्टा’चा’र’को अन्त्य गर्न सदनबाटै पछार्न जरुरी रहेको बताएका हुन ।
‘भ्र ष्टा चा रीको अन्त्य गर्नु छ भने सडकमा मात्रै कराएर भएन सदनबाट पनि बोल्न जरुरी छ’ उनले भने ‘भ्र ष्टा चा री लाई सडकबाट त पछा¥र्यौ अब सदनबाट पनि पछार्ने अभियानमा छौ हामी ।’
उनले कानुन र नीति बनाउने सडक नभएर सदन भएकाले हामी आज सयौं हात, हजारौं समर्थक र लाखौं कार्यकर्ताका र करोडौं जनताका बिचबाट अगाडी बढेको बताए ।
अभियन्ताबाट राजनीतिमा प्रवेश गरेका शाहीले राजनीति फोहरी खेल हो भन्दैमा त्यसबाट पन्छिन नमिल्ने बताए ।
‘हात बाधेर पोखरीको डिलमा बसेर पोखरी भित्र सफा गर्न सकिदैन । पोखरी भित्र छिर्नको लागि खुट्टामा हिलो पनि लाग्न सक्छ ।
तर, यसलाई सफा पोखरीमा छिर्नु पर्छ’ उनले भने ‘संसारमा जति विकास भएको छ त्यो राजनीति राम्रो भएर नै भएका छन । जति बिनास भए त्यो राजनीति नराम्रो भएरै भएका हुन ।’
उनले युवाले राजनीतिमा आउन जरुरी रहको बताए । राप्रपामा पनि अहिले जनलहर बढेको उनले दावी गरे । ‘अहिले धेरै युवा जोडीनु पनि भएको छ । देशभर राप्रपाको लहर सुरु भएको छ ।
गाउँदेखि सहर राप्रपाको जनलहर सुरु भएको छ’ उनले भने ‘अहिले नेपालमा राजसस्था प्रतिको जनलहर पनि बढेको छ । ट्रायलका लागि हाम्रा आमसभा हेर्दा पनि हुन्छ ।’
उनले चुनाव नभएकाले अहिले नै हामीसंग कति समर्थन छ भन्ने कुराको नतिजा दिन सक्ने अवस्था नभएको बताए । ‘राजसस्था प्रति आस्था घटेको होइन बढेको छ ।
सत्यको जित हुनेछ । १२ बर्ष पछि खोला फर्कन्छ भनेजस्तै’ उनले भने ‘यो देशको राक्षा गर्नको लागि राजसंस्था ल्याउन आवश्यक छ ।’