Advertisement

सम्बन्ध वि च्छे द माग्ने पुरुष बढ्दै, तथ्याङ्क सहित हेर्नुहोस !

Advertisement

हेटौंडा – 

मकवानपुर बकैया–४ का राजमान विकले २०५९ असार ३० गते देवतीकुमारी घिमिरेसँग बिहे गरे। तर, अन्तरजातीय विवाह गरेका कारण घरपरिवार र आफन्तले स्वीकार गरेनन्।

हेटौंडामा किराना पसल चलाएर अघि बढ्न थाले। दुई छोराछोरी हुर्कँदै गएपछि आर्थिक भार थपियो। विक २०७३ सालमा वैदेशिक रोजगारीमा गए।

२०७५ मा घर आई तीन महिनामा दुबई फर्किए। उनी दुबईमा कमाएको पैसा श्रीमतीलाई पठाउँथे। तर, २०७६ सालदेखि एकाएक श्रीमती सम्पर्कमा आउन छाडिन्।

छोरामार्फत मात्रै कुराकानी हुन थाल्यो। २०७७ पुस ८ गते छोराछोरीलाई डेरामा छाडेर घिमिरे सम्पर्कविहीन भइन्। विक त्यही वर्ष फागुनमा घर फर्किए।

विदेश बसेर पठाएको ८ लाख नगद, १२ तोला सुन र पसल बेचेको पैसा लिएर श्रीमती सम्पर्कविहीन भएपछि खोजी थालेको उनले सुनाए।

‘तर, श्रीमती भेटिनँ। आफ्नो सुर गर्नू भन्ने कुरा अरूमार्फत नै आयो’, ३७ वर्षीय विकले भने, ‘अन्ततः मैले सम्बन्ध वि च्छे द को मु द्दा दायर गरेँ। अहिले म अदालत धाइरहेको छु।’ 

घिमिरे अदालतको सम्पर्कमा पनि आएकी छैनन्। विक दुई छोरासहित घरमै खेतीकिसानी गरेर बसेका छन्। ‘संसारको खुसी दिन भनेर विदेश गएँ। कमाएँ। तर, श्रीमती खुसी राख्न सकिनँ’, उनले भने, ‘आज त्यसकै स जा य भोगिरहेको छु।’

रौतहट चन्द्रनिगाहपुरका रितेश श्रेष्ठ (नाम परिवर्तन)लाई श्रीमती कहाँ छिन् भनेर अत्तोपत्तो छैन। उनले श्रीमती वि रु द्ध अंश दाबीसहित सम्बन्ध वि च्छे द मु द्दा दर्ता गरेका छन्।

उनी विदेश बसेर पैसा कमाउँथे। श्रीमती यता जग्गा खरिद गर्थिन्। तर, तीन साताअघि घर फर्किंदा न श्रीमती भेटे न त आफ्नो कमाइले किनेको जमिन नै।

श्रीमती अर्कै पुरुषसँग हिँडेको थाहा पाएपछि उनले सम्बध वि च्छे द को मु द्दा दर्ता गरेका हुन्। उनले श्रीमतीको नाममा हेटौंडामा एक कट्ठा जमिन किनेका थिए। 

थाहा नगरपालिका–३ का २५ वर्षीय रोशन गोपाली अदालत धाइरहेका भेटिन्छन्। काठमाडौं चन्द्रागिरि–३ की २४ वर्षीया चन्द्रिका गोपालीसँग उनले चार वर्षअघि प्रेमविवाह गरेका थिए।

त्यसको एक वर्षपछि सम्बन्ध बि ग्र न थाल्यो। ‘घरमा सामान्य वि वा द हुँदा पनि मलाई कु ट पि ट गथ्र्यो’, रोशनले भने, ‘तर, मैले यस्तो कुरा कहीँ कतै भनिनँ।’ 

२०७५ असोज १३ गते आफूलाई कु ट पि ट गरेपछि श्रीमती माइत गएको उनले बताए। ‘पटक–पटक फर्काउन मैले फोनमा कुरा गरेँ। सँगै मिलेर बस्ने प्रयास गरेँ’,

उनले अदालतमा भनेका छन्, ‘२०७७ मंसिर ५ गते म लिन जाँदा आएन, उल्टै धम्की पाएँ। त्यसपछि मैले सम्बन्ध वि च्छे द को बाटो रोजेँ।’ 

उनले २०७७ मंसिर १९ गते मकवानपुर जिल्ला अदालतमा सम्बन्ध वि च्छे द को मु द्दा दर्ता गराए। चन्द्रिका रोशनकोे सम्पर्कमा छैनन्।

अदालतमा पनि उनले म्याद गुजारेका छन्। ‘सधैं पीडा सहेर बस्नुभन्दा सँगै बस्न नसक्ने भएपछि छुट्टिने निर्णयमा पुगेँ’, उनले भने। 

हेटौंडाका दिपंकर घिमिरेले २०७० मंसिर २२ मा रामेछापकी सम्झना नेपाल (नाम परिवर्तन) सँग विवाह गरे। त्यसको एक वर्षपछि छोरीको जन्म भयो।

उच्च शिक्षा र रोजगारीका लागि दम्पती नै अस्ट्रेलिया जाने सल्लाह भयो। दुवै जना २०७५ असार २० गते अस्ट्रेलिया उडे। त्यहाँ ६ महिनासम्म सम्बन्ध राम्रै रह्यो। 

‘त्यसपछि श्रीमतीको बानी व्यवहारमा एक्कासि परिवर्तन हुन थाल्यो, साना कुरामा पनि वा द वि वा द’, घिमिरेले सम्बन्ध वि च्छे द को निवेदनमा लेखेका छन्, ‘मलाई सामान्य वि वा द मा उजुरी गरेर सात महिना हिरासतमा राखे।

त्यसपछि म २०७६ जेठ ४ मा नेपाल आएँ।’ उनले हिरा’सतबाट छुटेपछि पनि सँगै बस्न र घर जान आग्रह गरेँ। ‘तर मैले अर्के केटा साथी खोजेँ।

आफ्नो सुर गर्नु भनेर सामाजिक सञ्जालमा पनि ब्लक गरेँ’, उनले लेखेका छन्, ‘त्यसपछि म सम्बन्ध वि च्छे द को मु द्दा दायर गर्न बाध्य भएँ।’ 

आफुलाई श्रीमतीले अष्ट्रेलिया पुग्ने माध्यम मात्र बनाएको घिमिरेको दाबी छ। श्रीमतीले पनि आफूलाई कु ट गरेको प्रत्यु’त्तर अदालतमा पेस गरेकी छन्। 

२०७५ साउनसम्म महिलाले मात्र अदालतमा सिधै सम्बन्ध वि च्छे द को मुद्दा दर्ता गर्न पाउँथे। २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि यस्तो मु द्दा सिधै अदालतमा दर्ता गराउन अधिकार दिएको छ।

ऐनको दफा ९४ मा पतिले सम्बन्ध वि च्छे द गर्न सक्ने व्यवस्था छ। त्यसपछि श्रीमतीसँग सम्बन्ध तो’ड्न चाहने पुरुष अदालत जान थालेका हुन्। 

पत्नीसँग सम्बन्ध वि च्छे द गर्न पतिले चलाएका ५५ मु द्दा चालू अवस्थामा रहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराई बताउँछन्। २०७८/७९ को हालसम्म ३८ मु द्दा फैसला भइसकेको छ।

२०७७/७८ मा १ सय ४ जनाले श्रीमतीसँग सम्बन्ध वि च्छे द को मु द्दा दर्ता गराएका अदा’लतको तथ्याक छ। तीमध्ये ७७ वटा फैसला भएको र २७ वटा चालू आर्थिक वर्ष सरेर आएको हो।

अदालतमा वैदेशिक रोजगारीमा रहेका र हिं सा मा परेका पुरुष बढी मु द्दा लिएर अदालत धाउने गरेको श्रेस्तेदार भट्टराईको भनाइ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...