काठमाडौं –
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
बिहिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी तथा उच्च हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार पहाडी भेगमा अपराह्नपछि एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
बिहीबार राति पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र
प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागमा अपरान्ह पछि एक वा दुई
स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार भने देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चे ता व नी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशको पहाडी भूभागमा अपराह्नपछि एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।




















