नेपालका ठुला नेताको ग्रान्डी अस्पतालमा नि ध न !

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको नि’ध’न भएको छ। लामो समयदेखि मधु’मेहबाट पीडित उनको ७८ वर्षको उमेरमा आइतबार बिहान ग्रान्डी अस्पतालमा नि’ध’न भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनी तत्कालीन राप्रपा नेपालका महामन्त्री र राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक थिए। शेरचनको निधनमा शोक प्रकट गर्दै राप्रपा

अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:’खी र स्तब्ध भएको बताएका छन्। उनले जारी गरेको शोक वक्तव्यमा शेरचन इमान्दार र राष्ट्रवादी व्यक्तित्व भएको उल्लेख छ।

उनको निधनले राष्ट्रवादी आ’न्दो’लनलाई क्ष’ति पुगेको लिङ्देनले बताएका छन्। शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उनका एक श्रीमती, तीन छोरा र एक छोरी छन्।

यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दाबी गरेका छन्।

नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको

सरकारले मेचीदेखि महाकालीसम्म पुल हालेको र प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बाटो बनाएकोसम्म दाबी गरे।

‘एमालेको सरकारले के गर्‍यो भन्नुपर्दैन। महाकालीमा पुल हालेको छ। मेचीमा पुल बनेको छ। कोसी पुल बनाएको छ। डडेल्धुरामा बाटो बनाएको छ।

केही गर्नुपर्दैन, यता बनाएको पुल, पर्तिर बनाएको बाटो देखाइदिनुस्। नमूना सदरमुकाम हेर्नुस्। बन्दै गरेको राजमार्ग, पूर्वपश्चिम रेल मार्ग, विद्युत प्रसारण लाइन, कालिगण्डकी करिडोर देखाइदिनुस्। तपाईका घरटोल अगाडिका बाटो हेर्नुस्,’ उनले भने।

ओलीले आफू प्रधानमन्त्री हुँदा जाजरकोटको खानी, दैलेखको पेट्रोल खानीलगायतका काम अगाडि बढाएको बताए। नेपाललाई सुरुङमार्गमा प्रवेश गराएको उनको भनाइ थियो।

ओलीले नेपालको अबको बाटो आधुनिकीकरण, ग्लोबलाइजेसन, प्रविधि हुनुपर्ने तथा पछौटेपन र गरिबी अन्त्य, रोजगारी सिर्जना हुनुपर्ने बताए।

ओलीले नेपाल विद्धान पुर्खाको भूमि भएको नेपालीहरु उनका सन्तान भएको बताए। ‘त्यसकारण यो ऋषिमुनिहरुको शहर हो। हामी विद्धान पुर्खाका सन्तान हौं,’ उनले भने।

आजको प्रतिस्पर्धाको दुनियाँमा आफूहरु प्रतिस्पर्धी राजनीतिक प्रणालीमा प्रतिस्पर्धा गरिरहेका भन्दै ओलीले विद्यार्थीहरुलाई प्रतिस्पर्धाका लागि तयार बन्न अपिल गरे।

‘मान्छे मार्ने कुरामा हामीले प्रतिस्पर्धा गर्दनौं। मान्छे बचाउने कुरामा हामीसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने, ‘२६ सय वर्षअगाडि

विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने बुद्ध यहीँ जन्मिनुभयो।’ प्रतिस्पर्धाका साथ अघि बढ्ने विद्यार्थी तयार पार्न उनले विद्यालयलाई सुझाए।

नेपाल सानो देश नभएको र हिमाल पहाड उचाईमामात्र होइन सभ्यता इतिहासमा अग्लो देश भएको उनको भनाइ थियो। ‘नेपाल विकास देश बन्छ।

आज दुनियाँ जलवायु परिवर्तनबाट पीडित छ। हिमाल रहेन भने समुद्रको अस्तित्व रहँदैन। यसकारण नेपाल प्राकृतिक विविधता र खानीले भरिएको नेपालको विकास जरुरी छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...