काठमाडौं –
रुस-यु क्रे न यु द्ध चलिरहेका बेला चीनले अर्को कठोर कदम चालेको छ । चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बढाउने शनिबार घोषणा गरेको छ । अमेरिका पछि सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७,५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनमा जनाइएको छ ।
चीनको राज्य संचालित ग्लोबल टाइम्स अखबारको अंग्रेजी वेबसाइटले सकारात्मक आर्थिक वृद्धि र सुरक्षा ख त रा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको विज्ञहरूको भनाइ उद्धृत गरेको छ ।
यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत गरेको थियो । गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२० मा कोरोनाको बावजुद यो ६.६ प्रतिशत थियो।
चीनको रक्षा बजेट यसको वार्षिक जीडीपी अनुमान भन्दा बढी छ। प्रधानमन्त्री ली खछ्याङले शनिबार बेइजिङको वार्षिक जीडीपी दर ५.५ प्रतिशत हुनसक्ने घोषणा गरेका थिए ।
चीनको संसद्को वार्षिक अधिवेशनको उद्घाटनका क्रममा प्रधानमन्त्री लीनले भने, ‘बेइजिङले सैन्य प्रशिक्षण र यु द्ध को तयारीलाई बढाउने छ र चीनको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्नेछ ।’
गत हप्ता जर्मनीले पनि रूसको आक्रामकतालाई ध्यानमा राख्दै रक्षा बजेटमा ठूलो वृद्धि गरेको थियो। जर्मनीले यस वर्ष आफ्नो सशस्त्र फौजको विशेष कोषलाई १०० अर्ब युरो दिने निर्णय गरेको छ ।
जर्मनीको रक्षा बजेट अहिले कुल जीडीपीको २ प्रतिशत रहेको छ। सन् २०२१ मा जर्मनीको सम्पूर्ण रक्षा बजेट ४७ अर्ब युरो थियो ।
रोयटर्स समाचार एजेन्सीका अनुसार जर्मनीले आफ्नो पुरानो टोर्नाडोको सट्टा अमेरिकाबाट एफ-३५ लडा’कु विमान किन्न सक्छ।
यस्तै यु क्रे न मा रुसी ह म ला का बीच अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडेन प्रशासनमाथि खनि’एका छन् । आफ्नो शासनको समयमा पनि पुटिनले ह’म’लाको तयारी गरिरहेको तर आपूmले मस्कोमाथि बमबारीको
ध’म्की दिएपछि पुटिन रोकिएको ट्रम्पले बताएका छन् । ट्रम्पले आफ्ना साथी जोन डेलीसँगको फोनमा कुराकानी गरेको समयमा यस्तो बताएका हुन् । यसको भिडियो भाइरल भइरहेको छ ।
द सनको रिपोर्ट अनुसार ट्रम्पले फोनमा कुराकानी गर्दा ओबामा शासनको समयमा रुसले क्राइमिया क ब्जा गरेको र अब बाइडेन
शासनमा यु क्रे न माथि ह म ला गरेको छ । उनले भने,‘मेरो शासनको अवधिमा कसैले अमेरिकालाई त’र्साउने आँट समेत गर्न सकेको थिएन ।’
चीनलाई दिएको थिए ता इ वा न छुट्याउने ध म्की
ट्रम्पले कुराकानीको समयमा चीनका राष्ट्रपति शी जिनपिङलाई लिएर नयाँ खुलासा गरेका छन् ।
उनले भनेका थिए, ‘तपार्इं धेरै नमा’त्तिनुस्, नत्र छिट्टै ता इ वा न लाई एक नयाँ देश बनाइदिन्छौ ।’ यसपछि जिनपिङ शान्त भएको पनि उनले बताए ।
समाप्त हुँदैछ अमेरिकाको एकाधि’कार
ट्रम्पले अगाडि भने,‘अ फ गा नि स्ता न बाट जसरी हाम्रो सेना फर्कियो, त्यसबाट रुस र चीनलाई शाहास मिलेको छ ।
दुवै देशले अमेरिका कमजोर भएको र अब कुनै ठूलो पैmसला गर्न सक्दैन भन्ने सोच्न थालेका छन् । चीनले पनि रुस–यु क्रे न युु द्ध पछि ता इ वा न मा ह म ला गर्न सक्छ ।’
यु क्रे न मा लगातार ११ औं दिनमा आ क्र म ण जारी
यु क्रे न मा रुसी सेनाको ह म ला लगातार ११ औं दिनमा जारी रहेको छ । यु क्रे न नसुध्रिएमा नतिजा भयावह हुने चे ता व नी पुटिनले दिएका छन् ।
रुसले यु क्रे न को सबै सैन्य अड्डा नस्ट पारेको पुटिनले बताएका छन् । दुवै देशकाबीच तेस्रो चरणाको शान्ति वार्ता सोमबार हुने भएको छ ।