काठमाडौँ –
किशोरीमाथि कर णी गरेको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पी’डितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौ’ ‘न स’म्प’र्क गरेमा कर णी ठहरिन्छ। तर, प्रचलित कानुन,
प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आ’तंकि’त’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन्।
‘स्टारडम’ को छायामा राखेर बालिकामाथि यौ’ ‘न शो’ष’ण गरेको आरोपमा पक्रा’उ गरिएपछि यो विषयमा अदालतमा ग’म्भीर बहस हुनुपर्ने हो, आ’रोपित नि’र्दोष नै हुन्
भने पनि उनले अदालतबाटै इज्जतपूर्वक सफाइ पाउनुपर्ने हो। तर, उनका शुभचिन्तकले देशको कानुनलाई समेत चुनौ’ती दिँदै अनुसन्धान प्रक्रियालाई पनि तमासा बनाएका छन्।
पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्। युट्युबका धेरै सामग्रीमा पीडितको नाम,
फोटो र भिडियो प्रयोग गरिएको छ। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र ह’ ‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ।
आरो’पितको पक्षमा माहोल बनाउन प्रयासरत केही कलाकारको प्रतिनिधित्व गर्दै अभिनेत्री पूजा शर्मा बुधबार दमौली पुगेकी छन्।
पलविरु’द्ध किटानी जाहेरी परेदेखि नै ‘सफाइ दिन’ उनी सक्रिय छिन्। बालिकाको लुगा न’च्या’तिएकाले कर णी भन्न नमिल्ने उनको सार्वजनिक दाबी छ।
‘खोइ, ती बालिकाको लुगा च्या’ति’एको त देखिएन, पलको स्वभाव पनि त्यस्तो होइन। त्यसलाई कसरी ज’बर्ज’स्ती भन्ने?’ युट्युबमा भाइरल एउटा भिडियोमा शर्माले भनेकी छन् ।
उनले आफूले लामो समयदेखि सहकार्य गरेकाले पलले त्यस्तो अ’पराध गर्नै नसक्ने दाबी पनि गर्दै आएकी छन्। यसै क्रममा अभिनेत्री प्रियंका कार्कीले पनि आफ्ना भनाइहरु राखेकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् :
दु’खको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पी’डित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।
नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ।
नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो।
यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।
यो पनि : उमेर नपुगेकी किशोरीमाथि ज’बर्ज’स्ती क’र’णीको अभियोगमा नायक पल शाह न्यायिक हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ।
तनहुँमा प्रहरी अनुसन्धान जारी छ। शाहको मुद्दामा जनमत विभाजित छ। समर्थकको केही समूह पलको पक्षमा तनहुँ प्रहरी परिसरमा अनुसन्धानमै असर पर्नेगरी नाराबाजी र हुलहुज्जत गर्नमा लागिपरेको छ।
कसुर गरे सजा’यँ र नगरे सफाइको कानुनी व्ययवस्था हुँदाहुँदै समर्थकहरु भने शाह नियन्त्रणमा परेदेखि तनहुँ पुगेका छन्। समर्थकलाई पछ्याएका छन् युट्युब पत्रकारिता गर्नेहरुले।
पत्रकारिता भनेर उनीहरुले जनमत विभाजित पार्ने, अनुसन्धान प्रभावित पार्ने खालले सामग्री उत्पादन गरिरहेका छन् । एकपक्ष रुपमा पलका समर्थकको आ’क्रो’श र
पी’डित पक्षको दोहोलो काड्ने गरी प्रसारित भइरहेका सामग्रीले न्याय सम्पादनको प्रक्रिया पूरा नहुँदै समाजले स्वघोषित फैसला सुनाउने अवस्था सिर्जना भएको छ।
युट्युबर र सामाजिक अभियन्ताका नाममा उनको बचाउमा अभियान नै छेडिएको छ। उनलाई पछ्याउँदै काठमाडौंको अनामनगरमा ‘पल शाहलाई न्याय दे’ अभियान नै चल्यो।
उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाएका थिए। एकातिर अभियुक्तको पक्षमा अभियान र अर्कोतिर पीडितलाई कमजोर पार्न खोजेको आ’क्रो’शले समाज विभाजित भइरहँदा अनुसन्धान पक्ष प्रभावित हुन्छ कि चिन्ता पनि छ।
अधिवक्ता ऋषिराम शर्मा विचाराधीन विषयमा अनुसन्धान प्रभावित गर्ने खालका गतिविधि गर्न नहुने बताउँछन्। उनले भने, ‘मुद्दा प्रभावित हुने गरी हुलहुज्जत गरेमा अवहेलनासम्म हुन्छ।
न्याय प्रक्रियालाई प्रभाव पार्ने गरी मिडिया ट्रायल गर्न मिल्दैन। यसले अनुसन्धान तहकिकात विधि पद्धती, मूल्य, मान्यता, निष्पक्षता हुँदैन। काम नै गर्न पाउँदैन। स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ। बाहिर किन बोल्नुपर्यो? यो न्यायीक मूल्य र मान्यता विपरीत हुन्छ।’
अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बाहिर भइरहेका गतिविधिलाई नजरअन्दाज गरेर अघि बढेको बताउँछ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी
अनुसन्धान भइरहेको विषयमा मुद्दा प्रभावित गर्ने गरी क्रियाकलाप गरेको ठहर भएमा कानुनबमोजिम कारबाही हुने गरिने बताउँछन्।
उनले भने, ‘पल शाहमाथि अनुसन्धान भइरहेको छ। प्रहरी कार्यालयभित्र जानलाई कडाई गरिएको छ, अनुमति दिइएको छैन। बाहिरको हुलबाट हामी प्रभावित हुँदैनौं।’
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले आफूहरु अनुसन्धानबाट विचलित नहुने बताए। उनले कोही कसैले अनुसन्धान प्रभावित पार्न नसक्ने प्रस्ट्याए।