एमसीसीले थाल्यो नेपालमा काम, सबैलाई चकित तुल्याउदै यस्तो प्रविधि ल्याउदै !

काठमाडौं –

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै अब आयोजना कार्यान्वयनको तयारी सकाउने ढोका खुलेको छ ।

एमसीसीअन्तर्गत अमेरिकाले नेपालमा सडक मर्मतमा नयाँ प्रविधि हस्तान्तरण गर्दैछ । एमसीसी अन्तर्गत पूर्व-पश्चिम रोजमार्गको एउटा खण्डमा

‘फूल डेप्थ रिक्लेमेसन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट’ (सुपरपेभ) प्रविधि नेपालमा पहिलो पटक प्रयोग हुनेछ ।मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)का अनुसार सडकको खरा’ब अवस्था,

न्यून प्रभावशाली ढुवानी सेवा तथा अपर्याप्त सडकका कारण नेपालको व्यापार व्यवसायले उच्च लागत खर्च बेहोर्नु परिरहेको छ ।

नियमित सडक मर्मतसम्भारका लागि पर्याप्त स्रोत उपलब्ध नभएर सम’स्या छ भने यसका लागि प्रयोग गरिने विधि पनि राम्रा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छैनन् ।

त्यसैकारण अधिकांश सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने, चर्किने, ढिस्को उठ्नेलगायत सम’स्या देखिन्छन् ।

यसको दो’ष सरकारले ठेकदार र ठेकदार सरकारमाथि लगाएर पन्छिने चलन छ । कालोपत्रे नटिक्ने सम’स्याले सडकको कन्तविजो’ग हुँदा दुर्घ’टना पनि बढ्दो छ ।

कालोपत्रे गरिएकै सडकहरु सुरक्षाका हिसाबबाट कमजोर छन्, जसले करोडौं लगानी खेर गइरहेको छ । एमसीसी अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत् यस्ता सम’स्या देखिएका

सडकलाई मर्मत गर्न ‘एफडीआर’ प्रविधि ल्याउन लागिएको हो । दाङको भालुवाङदेखि बाँकेको सीमा शिवखोलासम्म ७७ किलोमिटर सडकको मर्मत/सुधार नयाँ प्रविधिमार्फत् गर्ने योजना छ ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टकाअनुसार अहिले यो सडक खण्डमा अध्ययनको काम भइरहेको छ । उनका अनुसार यो खण्डबाट सुरु हुने ‘एफडीआर’ प्रविधि प्रयोग भविष्यमा सडक विभागले अन्यत्र पनि प्रयोग गर्न सक्नेछ ।

त्यसलाई सडक विभागले नयाँ प्रविधिको ‘सिकाइ’का रुपमा ग्रहण गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा एमसीए नेपालका सञ्चालक समिति सदस्य केशवकुमार शर्मा बताउँछन् ।

‘अमेरिकामा प्रयोगमा रहेको यो प्रविधि नेपाल आएपछि आवश्यक्ता अनुसार हामी अन्यत्र पनि प्रयोग गर्न सक्छौं,’ उनले भने, ‘आधार तहदेखि नै रिसाइकल गरेर मर्मत गरिने भएकाले हाम्रो सडकमा यो उपयोगी हुने विश्वास गरिएको छ ।

के हो एफडीआर प्रविधि ?

सडकको अस्फाल्ट (कालोपत्रे) र अस्फाल्टमुनिको बेसकोर्ससहित सबै निकालेर त्यसमा नयाँ अस्फाल्ट र अन्य रसायनहरू थप गरी सडकलाई पुनः कालोपत्रे गर्ने प्रविधि हो, ‘फूल डेप्थ रिसाइकलिङ’ ।

यो प्रविधिमा कमजोर बनेको कालोपत्रे सडकको तल्लो भागदेखि नै जोतेर सबै थरी मिक्स गरिन्छ । त्यसमा थप नयाँ गिट्टी र बिटुमिनका साथमा रसायनहरु पनि राख्नुपर्छ ।

त्यसलाई सोही ठाउँमा रसायन, सिमेन्टहरु राखेर सम्याइन्छ र रोलर मेसिन लगाइन्छ । तर, यस प्रविधिमार्फत् कालोपत्रे हुने सडकको सतह मात्र नभई गहिराइसम्मै पुनर्निर्माण हुन्छ ।

त्यसैले यसले सडकमा उबडखाबड हुने अहिलेको सम’स्या हटाउने दाबी सरकारी अधिकारीहरुको छ । सवारीको बढी चाप पर्ने उकालो/ओरालो र चिसोका कारण दलदल हुने क्षेत्रमा ‘सिमेन्ट स्टाबिलिटी’ प्रविधि पनि अपनाइन्छ ।

सडकको तल्लो भागमा सिमेन्ट हालेर माटोलाई स्थायी बनाउन यसले मद्दत पुर्‍याउँछ । त्यसबाट सडकको आयु बढ्ने भएकाले पटक–पटक मर्मत गर्ने झन्झट कम हुन्छ । यसलाई वातावरणीय र आर्थिक दृष्टिकोणबाट पनि उपयुक्त मानिन्छ ।

पुराना सामग्री पनि प्रयोग गरेर सडक मर्मत हुने भएकाले यो नेपालको लागि उपयुक्त हुने सरकारको दाबी छ । अस्फाल्ट जति पुरानो भयो, त्यति नै बलियो हुने दाबी केही विशेषज्ञको छ ।

यस प्रविधिमा इन्धनको खपत कम हुन्छ । र, हानिकारक हरितगृह ग्याँसको उत्सर्जन पनि सीमित रहन्छ । एमसीसी अन्तर्गत सडक आयोजनाका लागि पाँच करोड २२ लाख अमेरिकी डलरको खर्च हुनेछ ।

यो आयोजनाले उपलब्ध गराइने प्राविधिक सहयोगले सडक मर्मत सम्भार सम्बन्धी योजना तर्जुमा, मूल्यांकन तथा नियमित एवम् आवधिक मर्मतसम्भार कार्य कार्यान्वयनका लागि

सडक विभाग तथा सडक बोर्ड नेपालको क्षमता बढाउने विश्वास गरिएको छ । सुरुमा नयाँ प्रविधि प्रयोग गर्ने गरी एमसीसी मार्फत् पाँच वटा सडक आयोजना सञ्चालन हुने तय भएको थियो ।

तर, सवारीको कम चाप भएका सडकमा यो प्रविधि प्रयोग गर्न उपयुक्त नहुने निष्कर्ष निकालेर पूर्व–पश्चिम राजमार्गमै प्रयोग गर्न लागिएको हो ।

यो नयाँ प्रविधिले सवारीको चाप बढी भएका, काम गर्न कठिन एवम् निर्माण कार्यका लागि लामो समय लाग्ने जस्ता साँघुरा सडकमा काम गर्दा आइपर्ने सम’स्यालाई सम्बोधन गर्ने एमसीए नेपालको दावी छ ।

आयोजना सञ्चालनका जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), रुख कटान र ठेक्का लगाउने लगायत काम बाँकी छ ।

एमसीए नेपालका अनुसार अन्तर्राष्ट्रिय प्राविधिक, वातावरणीय तथा सामाजिक मापदण्डहरू तथा राम्रा अभ्यासहरूलाई पनि ध्यानमा राखेर सडक मर्मत आयोजना सञ्चालन हुनेछ । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...