काठमाडौं –
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो नागरिकता खारे’ज गर्न चुनौ’ती दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए थानकोट कटाउन,
नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौ’ती दिए । नेकपा एमालेका नेता भीम रावलले एमसीसीका विषयमा भ्र’म छरेको भन्दै थापाले
पाँच वर्षपछि एमसीसी सम्झौता सकिँदा अमेरिकी सेना नआएमा आफूले जस्तै चुनौ’ती स्वीकार्न तयार हो भनी प्रश्न गरेका छन् ।
के भने गगनले ?
यसलाई राष्ट्घा’ती भनिएको छ । यो सम्झौताका कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ । कहिँ कतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन ।
त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मोडियोस् । सम्पत्ति विवरण बुझाएको छु सम्पत्ति खोसियोस् ।
माननीयज्यूहरु तयार हो ?
यदि आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लु’टिन्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्न तयार हो । तयार हो भने यो पनि चुनौ’ती हो ।
राष्ट्रवाद र देशभक्तिको फरक भनेको नक्कली राष्ट्रवादी आफ्नो नारामा मान्छेलाई म’र्नका लागि उचाल्छ, मा’र्न तयार हुन्छ ।
म देशभक्त हुँ म’र्न तयार हुन्छु । नक्कली राष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउँछन्, थाहा पाउनुपर्छ संसदबाट पनि थाहा पाउनुपर्छ । सडकबाट पनि थाहा पाउनुपर्छ ।
यो पनि : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्। उनले भीम रावल मन्त्री भएकै बेला एमसीसीबाट अर्ब बढीको अनुदानमा माग भएको स्पष्ट पारे।
‘भीम रावल उपप्रम हुँदा एक अर्ब १३ करोड लिने मन्त्रिपरिषद्ले एमसीसी नेपाल स्थापना गर्न स्वीकार गर्छ। तर भीम रावलको पेट दु’ख्छ अघि उहाँले बहस गर्न तयार हो?
भनेर चु’नौति दिनुभयो। म तयार छु, बहस गर्न अछाममा बहस गर्ने कि काठमाडौंमा, सडकमा गर्नेगरी संसद्मा भीम रावललाई चुनौती दिन्छु।’
एमाले नेता रावले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हित विपरीत रहेको र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघा’त पुग्छ
भन्नेबारे जवाफ दिन आफू तयार रहेको चु’नौती दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा जी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस्।
एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघा’त पुर्याउँछन् म प्रमाणित गरिदिन्छू।
के मलाई समय दिइन्छ ?, रावलले भने, को विद्वान र को सल्लाहकार हुनुन्छ आउनोस्। प्रत्येक धारा र दफा ल्याएको छु मैले। मलाई थाहा छ जसले हतारमा राष्टंरियताको यति ग’म्भीर विषयलाई पास गर्न खोज्दै छ यही नै राष्ट्रिय हित विपरी’त छ।