काठमाडौं –
विदेशबाट अ वै ध रूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ ।
विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई प क्रा उ गरिएको प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो १६५ ग्राम तौलको १० थान सुनको सिक्री नेपाल भित्र्याउन गुरागाईँले सहयोग गरेका थिए ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुरागाईँले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्रीहरू
लिइ भन्सार जाँच क्षेत्र पास गराई पुनः सोही क्षेत्रको शौचालयमा आएर सुन फिर्ता दिएको खुल्न आएपछि उनलाई पनि प क्रा उ गरिएको हो ।
घिमिरे फ्लाई दुबईको उडानद्वारा दुबईबाट शुक्रबार नेपाल आएका थिए । उनीमाथि जाँच गर्दा उक्त सिक्री लुकाइछिपाइ लैजान लागेको
अवस्थामा फेला पारेपछि पक्राउ गरिएको र अनुसन्धानका क्रममा गुरागाईँको संलग्नता देखेपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ ।
सुनसहित दुवै जनालाई थप अनुसन्धान एवं का’र’बा’हीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
यो पनि : सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन्।
सत्ता गठबन्धन नै टु’ट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणी सहित एमसिसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसिसीबारे व्याख्यात्मक टिप्पणीको ड्राफ्ट तयार पारिसकेको छ।
सो विषयमा राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू छलफलमा जुटेका थिए। देउवासँगको सो विषयमा कुराकानीपछि शनिबार राति नै खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो।
देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए।
संसद्मा एमसिसी पेस भएपछि निरन्तर दौडधुपमा रहेका सत्ता गठबन्धन दलकै नेताहरूको संवाद बिनानिष्कर्ष टुंगिँदै आएको थियो।
फागुन ८ मा एमसिसी संसद्मा पेस भएपछि सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस पक्षमा र वामपन्थी घटक विपक्षमा उभिँँदा सरकारले प्रमुख प्रतिपक्षीको सहयोग खोज्नुपर्ने अवस्था आएको थियो।
प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार साँझ एमाले नेताहरूसँग कांग्रेस नेताहरूको संवाद निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री देउवाले राति बालुवाटारमा दाहाल र नेपालसँग संवाद गरेका थिए।
उनीहरूबीच राति अबेरसम्म भएको छलफलमा एमसिसीलाई कसरी पास गर्ने र गठबन्धनलाई कसरी जोगाउने भन्नेबारे छलफल भएको थियो।
एमसिसीबारे दाहाल र नेपाल दुवै सकारात्मक नभएका बेला प्रधानमन्त्री देउवाले गठबन्धन दलबाटै पास गर्दा सबैभन्दा उपयुक्त हुने बताएका थिए।
शनिबार दिउँसो साझा धारणा बनाउन दाहाल र नेपालले छुट्टै भेटघाट गरेका थिए। उनीहरूले एमसिसी पास गराउने विषयमा मध्यमार्गी बाटो अपनाउने निष्कर्ष निकालेको स्रोतको दाबी छ।
उनीहरूले आफ्नो साझा धारणा प्रधानमन्त्री देउवासँग राखेका थिए। उनीहरूले अहिलेको गठबन्धनलाई टुटाउन नहुने र तत्कालीन ओली नेतृत्वको
सरकारले संविधान मिच्ने काम गरेकाले फेरि पनि उही पक्ष सरकारमा आउन सक्ने भन्दै अहिलेको गठबन्धन नटुट्नेगरी एमसिसीलाई किनारा लगाउने विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री देउवाले एमालेसँग निरन्तर संवाद गरेपछि झस्केका दाहाल र नेपालले गठबन्धनलाई कायम राख्ने विषयमा मात्रै जोड दिएका थिए।
माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, वर्षमान पुन, लीलामणि पोखरेल, देव गुरुङलगायत नेताहरू एमसिसी फेल गराउनुपर्ने पक्षमा छन्। यस्तै नेकपा एसभित्र झलनाथ खनाल एमसिसी पास गर्न नहुने पक्षमा उभिएका छन्।