काठमाडौं –
एमाले महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुईदलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने
नयाँ प्रस्ताव अगाडि सारेका छन् । नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झै–झग’डा खेप्ने सामर्थ्र्य नरहेको दलिल पेस गर्दै पोखरेलले
अबको चुनावी तयारीमा देशलाई दुईदलीय प्रणालीमा लैजाने बहसलाई जागरणका रूपमा चलाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।
‘यो मुलुकमा एउटा बलियो शक्तिको खाँचो छ । बाह्य हस्तक्षे’प होस् या जनताको विकास र समृद्धिको आकांक्षा । जेसुकै काम गर्न पनि बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ ।
जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झग’डा यो कुरालाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीलाई टू पार्टी सिस्टमतर्फ लैजान जरुरी छ,’
एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको एघारौँ सम्मेलन उद्घाटन गर्दै पोखरेलले भने, ‘वामपन्थी आ’न्दोलनको शक्तिका रूपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीका रूपमा कांग्रेस रहेको छ । अरू पार्टीहरू तिनीहरूका सहयोगी हुन् ।’
देशलाई अस्थिरता र गरिबीबाट मुक्ति दिन पनि एमाले र कांग्रेसमा मुलुकलाई ध्रुवीकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्ताहरूलाई निर्देशन दिँदै पोखरेलले थपे,
‘अब अरू पार्टीहरूलाई स्वतन्त्र रूपमा रहने अवस्था दिनुहुन्न । त्यस अर्थमा नेपालको राजनीतिलाई दुई ध्रुवमा बाँड्ने कुरा र त्यसमध्ये पनि बलियो ध्रुवका रूपमा एमालेको निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ ।’
उनले अबको चुनावबाट एमालेलाई मियो पार्टीका रूपमा स्थापित गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले सौर्यमण्डलको कुरा गर्दा पृथ्वी सबैभन्दा ठूलो छ भन्छौँ ।
एमालेको चुनावचिह्न पनि सूर्य छ, राजनीतिको सौर्यमण्डल पनि एमालेलाई बनाउनुपर्छ, हाम्रो पार्टीको वरिपरि अरू पार्टीलाई घुम्ने बनाउनुपर्छ । एमालेको वरिपरि घुमाउने सामर्थ्य चुनावी अभियानबाट पैदा गर्नुपर्छ ।’ पोखरेलले भने ।
यो पनि : मोहन वैद्य नेतृत्वको क्रा न्ति का री माओवादीले एमसिसी सम्झौता निर्णायक मोडका पुगको भन्दै यसको खा’रेजीका लागि सं’घर्ष बढाउन अपिल गरेको छ ।
पार्टीले शनिबार एक अपिल गर्दै एमसिसी रा ष्ट्र घा ती रहेको र यसलाई खा’रेज गर्न आ’न्दो’लन अनिवार्य भएको बताएको छ । क्रा न्ति का री माओवादीले सम्झौता खा’रेज गर्न दृढतापूर्वक उभिन पनि सांसदहरूसँग आग्रह गरेको छ ।
‘सम्झौतालाई संसद्बाट अनुमोदन गराउनका लागि अत्यन्तै ठूला ष’ड्यन्त्र र कसरत हुँदै आएका छन् । सम्झौताका विरु’द्ध संघर्ष पनि निरन्तर चल्दै आएको छ ।
अब स्थिति निर्णायक मोडमा पुगेको छ,’ अपिलमा छ, ‘यो वेला राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न अत्यन्तै गम्भी’र र संवेदनशील बन्न गएको छ ।
यस स्थितिमा हाम्रो पार्टी सडक संघ’र्षमा उत्रिएका सम्पूर्ण देशभक्त जनता तथा वामपन्थी पार्टीहरूलाई संघर्षलाई नयाँ उचाइ प्रदान गर्न हार्दिक अपिल गर्दछ ।
साथै, देशभक्त सांसदहरूलाई समेत राष्ट्रघाती सम्झौता खारेज गर्नका लागि दृढतापूर्वक उभिन विशेष अनुरोध गर्दछ ।’
क्रा न्ति का री माओवादीले सम्झौता नेपालको समृद्धि र गरिबी निवारणका लागि ल्याइएको नभई नेपाललाई नव उपनिवेशवादको महाजालमा
फसाइ नेपालको राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने र नेपालको राष्ट्रिय सम्पदा लुट्ने उद्देश्यमा आधारित रहेको ठहर गरेको छ । एमसिसी विशुद्ध आर्थिक अनुदानमा आधारित
सम्झौता नभई अमेरिकाको रक्षा मन्त्रालय र सुरक्षा छातासित सम्बन्धित हिन्द–प्रशान्त रणनीतिको एक अभिन्न अंग रहेको तथा सम्झौताको
मूल उद्देश्य चीनलाई घेराब’न्दीमा पार्न नेपाली भूमिको दु’रुपयोग गर्नु र नेपाललाई सैन्य अखडा बनाउनु रहेको क्रा न्ति का री माओवादीको अपिलमा उल्लेख छ ।
सम्झौता नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका विरु’द्ध रहेको र यसलाई संसद्बाट अनुमोदन गरिएमा नेपाल अमेरिकाको सुरक्षा छाताभित्र रहनुपर्ने
गम्भी’र खत’रा पैदा हुन सक्ने सो पार्टीको दाबी छ । सम्झौता जनविरो’धी तथा राष्ट्रघा’ती भएको भन्दै वि’रोध गर्नेलाई दम’न तथा धरपक’ड गर्ने काम सरकारले गरेको क्रा न्ति का री माओवादीको आरो’प छ ।